वडाध्यक्षमाथि भएकाे हातपातकाे प्रमुख प्रशासकीय अधिकृतद्रारा भत्सर्ना


कालीकाेट: जिल्लाकाे नरहरिनाथ गाउपालिका वडा नं ९ का वडाध्यक्ष प्रदिप बाेहाेरा लगायत वडासदस्य र वडाका पदाधिकारी माथि भएकाे हातपातकाे विषयमा गाउपालिकाले भत्सर्ना गरेकाे छ ।
नरहरिनाथ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पाैडेलले जनप्रतिनिधिमाथि भएकाे आक्रमणकाे घाेर भत्सर्ना गरेका छन् । उनले एक बिज्ञप्ति जारी गरि भनेका छन् ´यस नरहरिनाथ गाउँपालिका वडा नं.९को वडा कार्यालयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मिति २०८०/०८/१८ गते सोमवार दिउँसो ३:३० बजेको समयमा संचालन भईरहेको वक्तृत्वकला प्रतियोगितामा नरहरिनाथ गाउँपालिका वडा नं.९ को गडिगाउँमा बस्ने अन्दाजी वर्ष ३८ का कृष्ण शाही लगायतका केहि व्यक्तिहरुले मदिरा सेवन गरि कार्यक्रम संचालन भईरहेको अवस्थामा त्यस वडाका वडा अध्यक्ष, महिला सदस्य, वडा सचिव, कार्यालय सहयोगी र कार्यक्रम संचालक माथी निर्घात कुटपिट गरी लखेटीनुका साथै कार्यक्रम स्थलमा गालीगलौज गरेको र कार्यक्रममा प्रयोग भएका सामाग्रीहरु समेत तोडफोड गरिएको हुदाँ यसरी सार्वजनिक पदधारण गरेका व्यक्तीहरु माथी सार्वजनिक स्थलमा कामकाज गरिरहेको अवस्थामा केहि असहमती तथा गुनासो भए समाधानको लागि कार्यालयलाई जानकारी गराउनुपर्ने एवम् कानून, विधि र पद्धती बमोजिम सामाधान खोज्नु पर्नेमा कानूनलाई नै हातमा लिई सार्वजनिक पदाधिकारी तथा कर्मचारीहरुमाथी दुर्व्यवहार तथा भौतिक आक्रमणका साथै सार्वजनिक सम्पती तोडफोड गर्ने विषय कुनै पनि हालतमा स्वीकार्य छैन। उक्त घटनाको आवश्यक सत्यतथ्य छानविन भई दोषि उपर कानून बमोजिम कारवाही हुने नै छ। तसर्थ यस्ता अमर्यादित क्रियाकलापहरु प्रति यस गाउँपालिका कार्यालय घोर निन्दा तथा भत्सर्ना गर्दछु ।` गाउँपालिकाको समग्र हितका लागि अहोरात्र खटिने सार्वजनिक पदाधिकारी तथा कर्मचारीहरु माथि गरिएको भौतिक आक्रमणका साथै सार्वजनिक सम्पतीको तोडफोड कार्यमा संलग्न जो कोही पक्षहरुलाई प्रसय नदिई कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन सरोकारवाला तथा सम्बद्ध सबै पक्षहरुसँग गाउँपालिकाको कार्यालय हार्दिक अपिल गर्दछ, पाैड्लले भनेका छन् ।
कर्णालीपाटी । १९ मंसिर २०८०, मंगलवार २०:०२