६ जेष्ठ २०८१, आईतवार

अनमी माथी जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज पक्राउ


मुगु । जिल्ला प्रहरी कार्यालयले जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इर्न्चाजलाई पक्राउ गरेको छ ।
सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इर्न्चाज सुरजकुमार शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
अनमी तुलसामाथि जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झापु शाही र अर्का सोरु गाउपालिका ( ६ का धनप्रसाद भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारि प्रकाशसिंङ्ग कार्कीले बताए । र सोमबार स्वास्थ्य चौकी इन्चार्ज सुरज कुमार शाहीलाई पनि जातिय दुर्ब्यबहारको आरोपमै पक्राउ गरिएको उनको भनाइ छ ।
अनमी तुल्सा बिकले आफुमाथी जातीय विभेद भएको भन्दै ३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकि थिइन । उक्त जाहेरी दर्ता भइ किटानी जाहेरीकै आधारमा तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका(९ स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य चौकी इर्न्चाज सुरजको घरमा ११ महिना देखि डेरा गरी बस्दै आएकी थिइन ।