६ जेष्ठ २०८१, आईतवार

डोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु


सुर्खेत । भिरालो बाटोबाट लडेर डोल्पामा एक जनाको मृत्यु भएको छ । दुनै सदरमुकामदेखि नजिकै रहेको तिप्ला गाउँमा जाँदै गर्दा गएराति साढे ८ बजेतिर लडेर डोल्पाको सदरमुकाममा बस्दै आएका २८ वर्षीय काबिर अन्सारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख डीएसपी शिव बुढाथोकीका अनुसार नेपालगन्ज उपमहानगरपालिका(१६ जयसपुर स्थायी घर भई हाल डोल्पा सदरमुकाम दुनैमा बस्दै आएका २८ वर्षीय अन्सारी भिरालो बाटो हुँदै तिप्ला जाँदै थिए ।

मृतक अन्सारी दुनै र आसपासका गाउँघरमा काठको गर्थे । उनको शव गएराति नै घटनास्थलबाट जिल्ला अस्पतालमा पोस्टमार्टमको लागि ल्याइएको पनि प्रहरीको भनाइ छ ।