२३ बैशाख २०८१, आईतवार

सुर्खेत टाइफाइडविरुद्ध खोप अभियान पुष १२ गतेदेखि सञ्चालन हुने


सुर्खेत । सुर्खेतमा पुष १२ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सुर्खेतसहित भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो ।

सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान दुई चरणमा शुरु हुने र खोप सञ्चालन गर्नका लागि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका सम्पूर्ण तयारीहरु पुरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए । ‘पहिलो चरण पुष १२ गतेदेखि १५ गतेसम्म जिल्लाका लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन गरिनेछ ।’ उनले भने,‘दोस्रो चरण पुष २१ गतेदेखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।’

टाइफाइडविरुद्ध खोप अभियानबाट सुर्खेतका १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाखभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको र खोप अभियानमा करिब दुई हजार स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुने जिल्ला जन स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन उदय विसीले बताए ।