नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसियसनद्वारा क्षतिपुर्तिको माग
सुर्खेत । कालिकोट जिल्ला खाडाँचक्र नगरपालिका–५ गाम्तिस्थित नवदुर्गा सामुदायिक वनमा आगलागी पीडितलाई क्षतिपुर्ति दिन नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसियसनले माग गरेको छ । शुक्रबार आगलागीमा परि हुदाँ दाहाँ ४८ वर्षीया नन्द्रराम चौलागाईसहित उनकी ११ बर्षीया छोरी हरिशोभा चौलागाई घाइते भएका थिए ।
आगलागीमा परि चौलागाई उनकी छोरी घाईते हुनका साथै चौलागाईका ४५ भेडाबाख्राको जलेर मृत्यु हुनुका साथै १० भेडाबाख्रा घाइते भएका छन् ।
भेडा बाख्राको नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसियसन जिल्ला कार्यसमिति हिक्मतराज गिरिको नेतृत्वमा उपचार टोलीसहित उपचार संग्लन रहेको नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसियसन कर्णाली प्रदेश का संयोजक प्रकाश पाण्डेले बताए । ‘हालसम्म नन्द्रराम चौलागाईको भेडाबाख्रा सात लाख पैसठ्ठि हजार रकम बराबरको पशुपंन्छीहरु मृत्यू भएको छ ।’ उनले भने,‘पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोट र भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई बिपत ब्यबस्थापनमा राहतको माग गरिएको छ ।
कर्णालीपाटी । ३ चैत्र २०८०, शनिबार १६:४६