११ बैशाख २०८१, मंगलवार

बालबालिकाको बृहत हितका १७ बुदा पारित गर्दै पालिका बाल सम्मेलन सम्पन्न


 

जुम्ला । जुम्ला जिल्लाको हिमा गाउँपालिकामा बाल सम्मेलन सम्पन्न भएको छ । प्रगतिशिल बाल क्लवका अध्यक्ष सुस्मिता शाहीको अध्यक्षता, गाउँपालिका उपाध्याक्ष सुर्पना शाहीको प्रमुख आथित्यथा, प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाको बिशेष आथित्यथा र गाउँपालिकाका सरोकारवालाहरुको उपस्थितमा बाल सम्मेलन गरिएको हो ।

गाउँपालिका र पालिकास्थित विभिन्न बालक्लवको संयुक्त आयोजना, प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको साझेदारीमा संचालित सशक्त बालिका परियोजनाको सहयोग सहजिकरणमा बिहिवार बाल भेला गरि बालबालिकाहरुका बृहत हितका सवालहरु संकलन गर्न कार्यशाला गरिएको हो ।

सोहि कार्यशालामा संकलन भएका बाल विकासका १७ वटा सवालहरुलाई आज आयोजित बाल सम्मेलनद्धारा सरोकारवालाहरुले प्रतिवद्धताका साथ पारित गरेका छन ।

पालिकामा आयोजना गरिएको बाल सम्मेलनमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले यस पालिकाका बालबालिकाहरुको हितमा हिमा सरसकार प्रतिवद्ध रहेको बताइन् । बाल भेलाद्धारा संकलन गरिएका महत्वपुर्ण मुद्धाहरुलाई गाउँसभामा लिई बाल विकासका कार्यक्रम गर्न सरसकारका तर्फबाट सहयोग गर्नेमा उपाध्यक्ष शाहीले प्रतिबद्धता जाहेर गरिन् ।

यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रणबाहुर बुढाले समग्र बालबालिकाको विकासको लागी गाउँपालिकाले काम गर्दै आएको र यो बर्ष पनि बालबालिकाको हितमा बिशेष कार्यक्रम ल्याउन म यस बाल सम्मेलनको अवसरमा प्रतिबद्धता गरे । स्थानीय सरकारको तर्फबाट बाल बालबालिकाको हितमा बाल भेलाद्धारा पहिचान भएका सवाललाई कार्यन्वय गर्न जोड दिने उनको भनाई थियो ।

बाल सम्मेलनबाट हिमा गाउँपालिकाका समग्र हित र विकासका लागी १७ बुदे प्रतिबद्धता गरिएको छ । हिमा गाउँपालिकामा निकट भबिश्यमा हुने गाउँसभामा बाल सम्मेलन द्धारा गरिएका कार्यक्रमलाई लिइने सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन ।