३१ बैशाख २०८१, सोमबार

नरहरिनाथमा कांग्रेसको चियापान कार्यक्रम


कालीकोट । नेपाली कांग्रेस नरहरिनाथ गाउँपालिका कार्यसमितिको आयोजनामा नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका कार्यसमितिका सभापति रामबहादुर बटालाको सभाअध्यक्षतामा र नरहरिनाथ गाउँपालिकाका अध्यक्ष एंवम नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटका सचिव नगेन्द्र विष्टको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नौ वटै वडाका सभापति, गाउँकार्यसमितिका पदाधिकारी, गाउँ कमिटीका सदस्यहरु , वडा कार्यसमितिका सदस्यहरु, अन्य राजनैतिक दलका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्पूर्णलाई शुभकामना दिदैँ गाउँपालिका अध्यक्ष विष्टले अहिलेको समय भनेको नयाँ शेक्षिक सत्रको सुरुवात भएकाले सबै राजनैतिक दल विद्यार्थी, शिक्षकहरुलाई विद्यार्थी भर्ना अभियानमा सहयोग गर्ने आग्रह गरे ।

सरकार विकासका गतिबिधिमा अगाडि बढि सकेकाले सबै राजनैतिक दलहरुले सहयोग गर्नुपर्ने उनले ण्बताए ।

कार्यक्रममा शुभकामना दिदै सभापति रामबहादुर बटालाले अन्य राजनैतिकदलहरुसँग पनि भाईचाराको सम्बन्ध कायम राखेर कांग्रेस अघि बढनु पर्ने बताए ।कांग्रेसले आफुलाई अभिभाबकीय रुपले अघि बढनु पर्ने कुरामा उनले जोड दिए । कांग्रेस संगठित रुपले अघि बढनुपर्ने उनको भनाई थियो ।