भुक्तानी लिन सामाग्री उछिट्याउनु पर्ने बाध्यता
कालीकोट: जिल्लाको खाँडाचक्र नगरपालिकाले खाजाको पैसा भुक्तानी गर्न आनाकानी गरेको भन्दै सेवाग्राहीले नगरपालिकामा रहेको फिल्टर र कुर्ची रोडमा फालिदिएका छन् ।
खाडाचक्र नगरपालिका वडा नं ३ मा महिला स्वास्थ्य स्वयमसेविकाले खाएकको खाजाको रकम समयमा भुक्तानी नभएको भन्दै सेवाग्राही आक्रोसित बनेका थिए । बारम्बार नगरपालिका धाउदा पनि आफुहरुले खाएको खाजाको रकम नगरपालिकाले नदिएपछि आफु मर्कामा परेको सेवाग्राही पार्वती मल्लले गुनासो गरिन् । उनले भनिन् एक त हामीले निशुल्क सेवा गर्नुपर्छ त्यसमा पनि खाएको खाजाको रकम समयमा पाईदैन ।
मलाई होटलवालाले बारम्बार खाजाको रकम मागि रहन्छ नगरपालिका आज आज भोली भोली भन्दै टारिरहेको छ । आजसम्म करिब १० पटक भन्दा बढी आईसके आज बजेट नै छैन भनेपनि आफु आक्रोशित भएको मल्लको भनाई छ । उनले भनिन् कि त सुरुमै बजेट छैन भन्नुपर्ने किन आज भोली भन्दै आफुलाई नगरपालिकाले दुख दिएकाले नगरपालिकामा भएको फिल्टर र कुर्ची रोडमा फालेको हुँ ।
दश हजार रुपैया भुक्तानीको लागि नगरपालिकामा पटक पटक धाउदापनी भुक्तानी नदिएपछि मल्लले कुसी, फिल्टर सडकमा फालिदिएपछि तनाव र्सिजना भएको हो । १० दिन अघिदेखि भुत्तानीका लागि नगरपालिका धाइरहेकी पार्वती मल्ललाई पटकपटक भुक्तानी हुन्छ भन्दै रोकेको र आइतवार दिउसो २ बजे भुक्तानी लिन गएपछि बजेट सकिएको भनेपछि आकोशमा कुसी, फिल्टर सडकमा फालिदिएकी हुन् ।
टेबुल र कुर्सी रोडमा फालेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले आज सोमबार भुक्तानी दिने प्रतिवद्धता जनाएपछि विवाद सान्त भएको थियो । पछिल्लो समय खाडाचक्र नगरपालिकाबाट भुक्तानी लिनका लागि नागरिकले दबाव सिर्जना गर्नुपर्ने बाध्यता रहेको स्थानीय नागरिकले बताएका छन् ।
कर्णालीपाटी । ७ जेष्ठ २०८१, सोमबार ०९:१४