९ असार २०८१, शनिबार

सरकारी जग्गामा भवन निर्माण गर्न नगरपालिकाकाे अनुमति


कालीकोटः नेपाल सरकारले सार्वजनिक जग्गामा निमार्ण भएका घर टहरा भत्काउन निर्देशन दिइरहेका बेला जिल्लाको खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गामा भवन बनाउन अनुमति दिएको पाईएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई १ हजार ४ सय १९ वर्गमिटर जग्गा दिई भवन निमार्ण गर्न नगरपालिकाले अनुमति दिएको छ । देशै भरी सार्वजनिक जग्गामा निमार्ण भएका घर टहरा भत्काउने अभियान चलिरहेका बेला नगरपालिकाले कार्यपालिकाको निर्णय भन्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई १७१९ कि.न रहेको एक हजार ४ सय १९ वर्गमिटर जग्गामा भवन निमार्ण गर्नका लागि अनुमति दिएको हो ।
‘सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेको भएपनि नगरपालिकाले २०८० साल चैत्र ३ गतेको कार्यपालिका बैठकले निर्णय गरेको भन्दै गुरुकुल विद्यालय नजिकैको सार्वजनिक जग्गामा भवन निमार्ण गर्नका लागि अुनमति दिएको छ । नगरपालिकाले कार्यपालिकाको निर्णय गर्दै आफुहरुलाई अुनमति दिएपछि भवन निमार्णको काम थालेको बह्माकुमारी देवी भट्टराईले बताइन् ।
उनले, भनिन् नगरपालिकाले अनुमति, जानकारी पत्र सहित कार्यपालिकाले निर्णय गरेपछि प्रदेश सरकारसंग बजेट माग गरेका थिर्यौ प्रदेश सरकारले भवन निमार्णका लागि २० लाख बजेट विनियोजन गरेपछि भवन निमार्ण गर्न लागेका हौँ ।
नगरपालिकाले आफु खुसी सरकारी जग्गा कुनै व्यक्ति फर्म वा संस्थालाई दिन नमिल्ले भुमि सुधार आयोग कालीकोटका पूर्व अध्यक्ष चित्रसिंह गाउँलेले बताए । वडाहुर्दै जिल्लासभाबाट निर्णय हुर्दै मन्त्री परिषदसम्म जानुपर्ने हुन्छ । उनले भने लालपुर्जा विनाको जग्गामा भवन निमार्ण गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्न नहुने गाउँलेको भनाई छ । उनले भने प्रदेश सरकारले विनियोज गरेको बजेटले भवनको रकम कसरी भुत्तानी हुन्छ हेर्न बाकी छ ।
कुनै पनि व्यक्ति फर्म वा संस्थालाई सरकारी जग्गा दिनुपरेमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक बसी एक सरकारी जग्गा वा सार्वजनिक जग्गाको अन्य कुनै निकायलाई हक हस्तान्तरण गर्दा बैठकले उपयुक्त ठानेमा सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने छ भन्ने कानुनमा व्यवस्था भएकाले सो नभई स्थानीय सरकारले दिएको अनुमतिले काम नगर्ने मालपोत कार्यालयका प्रमुख नेत्रबहादुर शाहीले बताए ।
उनले भने, नगरपालिकाले अुनमति दिदैमा भवन निमार्ण गर्न मिल्दैन त्यसको पनि विधि प्रक्रिया भएकाले भवन निमार्ण गरेपनि भत्काउनुपर्ने अवस्था आउन सक्ने बताए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रको नाममा कुनै पनि हालतमा उक्त जग्गा नहुने कार्यालय प्रमुखको भनाई छ ।
उनले भवन निमार्ण गर्दै गर्दा लालपुर्जा नभएको खण्डमा प्रदेश सरकारले भुक्तानी कुन आधारमा गर्न मिल्छ भन्ने कुराको पनि जानकारी लिन आग्रह गरे । खाडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले २०८० चैत्र ७ गतेका दिन चलानी नंम्बर १३८५ को पत्र दिदै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई सरकारी जग्गामा भवन निमार्णको लागि आवश्यक पर्ने जग्गा उपलव्ध गराएको पत्र पठाएका छन् ।
उक्त पत्र पश्चात पुन २०८० चैत्र १२ गतेका दिन चलानी नम्बर १४१६ मार्फत निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले २०८० फागुन २८ गतेको नगर कार्यपालिकाको बैठकको निर्णय नं ११ बमोजिम सरकारी जग्गामा निमार्ण गरिएको सार्वजनिक शौचालय भत्काइ उक्त भवन निमार्ण गर्न अनुमति दिइएको जानकारी गराएका छन् ।
नगरपालिका भाडामा राजयोग प्रशिक्षण केन्द्रलाई जग्गा
संघियतापछि खाडाचक्र नगरपालिका भाडाको भरमा रहेको छ । आफु भाडाको भरमा रहेको नगरपालिकाले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई सरकारी जग्गामा भवन निमार्णका लागि अनुमति दिएको छ ।
खाँडाचक्र नगरपालिकाको आफ्नै कार्यालय भवन छैन । स्थानीय सरकार सञ्चालनको सात वर्ष पुगिसक्दा पनि पालिकाको भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन । वार्षिक ५० लाख भाडाको भरमा नगरपालिका चलिरहेको छ । तीनदेखि चारवटा घर भाडामा दिएर पालिकाले सेवा दिँदै आएको छ ।
नगरपालिका मात्र होइन, कतिपय वडा कार्यालयले पनि भाडाको घरबाट सेवा प्रवाह गरिरहेका छन् । आफु भाडाको घरमा बसीरहेको नगरपालिकाले कार्यपालिकाको निर्णय भन्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई सरकारी जग्गामा भवन निमार्ण गर्न अनुमति दिएको छ ।