२४ माघ २०८१, बिहीबार

नगरपालिकाले दियो साढे १ करोड भन्दा बढीको जग्गा


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिकाले कार्यपालिका बैठकको निर्णय भन्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई साढे १ करोड भन्दा बढीको जग्गामा भवन लगाउन अनुमति दिएको छ ।
खाडाचक्र नगरपालिका कबड हल नजिकैकै रहेको गुरुकुल स्कुलसंग जोडिएको १ हजार ४ सय १८९ बर्गमिटरमा रहेको सरकारी जग्गामा निमार्ण गरिएको सार्वजनिक शौचालय भत्काएर ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई भवन बनाउन अनुमति दिएपछि चौतर्फी विरोध भएको छ ।
कर्णाली प्रदेश सरकार अर्थमन्त्रालयको विविध खर्च शिर्षकबाट २० लाखको लागतमा सरकारी जग्गामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई भवन निमार्ण गर्न दिएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले भवन लगाउर्दै गरेको सरकारी जग्गामा अहिले सरकारी दररेट १० हजार ८ सय प्रति बर्गमिटर रहेको छ ।
नगरपालिकाले दिएको अनुमति अनुसार १ हजार ४ सय १९ बर्गमिटरको १ करोड ५३ लाख २५ हजार २ सय हुन आउछ । नगरपालिकाले करोडौ मुल्य बराबरको सरकारी जग्गामा भवन निमार्ण गर्न दिनु कानुन विपरित भएको जिल्ला मालपोत कार्यालयका प्रमुख नेत्रबहादुर शाहीले बताए । उनका अनुसार करोर्डौ मुल्यको त के सरकारी जग्गा कुनै व्यक्ती, फर्म वा संस्थालाई दिने अधिकार नगरपालिकालाई हुर्दैन । कर्णाली प्रदेश सरकारले पनि के को आधारमा बजेट विनियोजन गरेको होला शाहीले भने ।
सरकारी जग्गामा सरकारी निर्णय विपरित भवन निमार्ण गर्न नमिल्ने सरकारी वकील लोखराज पोखरेल बताउछन् । तर नगरपालिकाले आफुलाई नै नेपाल सरकारभन्दा माथिको निकाय सम्झेर कार्यपालिकाबाट निर्णय गरि सरकारी जग्गामा भवन निमार्ण गर्न लगाउनु कानुन विपरितको काम भएको नागरिकको भनाई छ ।
यता कालीकोट जिल्ला प्रदेशसभा क्षेत्र (ख) का प्रदेशसभा सदस्य माननिय हिक्मत बहादुर बिष्टले उल्टै पत्रकारलाई कानुन हेर्ने प्रमुख जिल्ला अधिकारीलाई सोध्ने, सरकारी जग्गामा के गर्न मिल्छ मिल्दैन कार्यविधि मापदण्ड हेर्न आग्रह गरे ।
लालपुर्जा विनाको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई प्रदेश सरकारले पनि बजेट विनियोजन गर्न नहुने स्थानीय हिक्मतजंग मल्लले बताए । नागरिकको दैनिकीसंग जोडिएका सवालमा कर्णालीमा बजेट नहुने एउटा धार्मीक संस्थालाई भवन निमार्णका लागि लाखौ बजेट विनियोजन गर्नु कर्णाली प्रदेश सरकारको कमजोरी रहेको मल्लको भनाई छ ।

बजेट कार्यान्वयन गर्न दिन पत्रकार आग्रह
जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीले प्रदेशसरकारबाट आएको बजेट कार्यान्वयन गर्न दिन आग्रह गरेका छन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रका लागि कर्णाली प्रदेश सरकारबाट आएको २० लाख रुपैया कार्यान्वयन हुन दिन उनले पत्रकारलाई आग्रह गरेका हुन् । कालीकोट जिल्ला प्रदेश सभा क्षेत्र (ख) का प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टको पहलमा बजेट आएकाले उक्त बजेटलाई कार्यान्वय गर्न तिर सहयोग गरिदिन जिल्ला समन्वय समितिका प्रमुखले आग्रह गरेको नागरिक दैनिकमा कार्यरत पत्रकार ललित विष्टले बताए ।