३ कार्तिक २०८१, शनिबार

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाहीको मृत्यु भएको हो ।

बिहिबार विहान भे १ च २५६० नम्बरको बोलेरो जीप सडकबाट एक सय किलोमिटर तल खसेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका कालिकोटका नरी विक र नरेन्द्र विष्टको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।