३ कार्तिक २०८१, शनिबार

निमित्त हाकिमले दिए राजिनामा


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले राजिनामा दिएका छन् ।
बुधबार मध्यान्ह्मा प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले नगरपालिका प्रमुख समक्ष राजिनामा दिएका हुन् । जनप्रतिनिधिले भुक्तानीका लागि दवाव दिन थालेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतले राजिनामा दिएको खुलेको छ । राजिनामा दिए लगत्त नगरप्रमुख कमल शाहीले आफ्नो कार्यकक्षमा छलफलका लागि बोलाएका थिए ।
छलफलमा नबसी निमित्त प्रमुख प्रशासकीय अधिकृत त्यहाबाट पारिएका थिए । प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारीबाट राजिनामा दिएपछि सेवाग्राही मर्कामा परेका छन् ।