३१ असार २०८१, आईतवार

क्षमता अभिबृद्धि तालिम


कालीकोटः जिल्ला सदरमुकाम मान्ममा १६ जना शिक्षकलाई क्षमता अभिबृद्धि तालिम दिइएको छ । सेभ द चिल्ड्रेन र भिडिसेफ नेपाल कालीकोटको साझेदारीमा शुभकालीका गाउँपालिकाका १६ जना शिक्षकलाई क्षमता अभिबृद्धि तालिम दिइएको हो ।
भिडीसेफ नेपाल कालीकोटको साझेदारीमा संचालीत सहयात्रा तेस्रो परियोजना अन्तरर्गत एकृकित पाठयक्रम १ देखि ३ कक्षा सम्वन्धि १० दिने क्षमता अभिवृद्धि तालिम दिइएको हो । जेठ २९ गते देखि संचालन भएको तालिमको विहिबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।
तालिमको सहजिकरण शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख प्रकाश चन्द्र धिताल र चन्द्र प्रकाश कोइरालाले गरेका थिए । भिडिसेफ नेपाल कालीकोटका अध्यक्ष कल्पना रावलको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यतामा समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले तालिममा सिकेका कुरालाई व्यवहारीक रुपमा लागु गर्न आग्रह गरे । उनले शिक्षक समाजको ऐना भएकाले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रमको समापन गर्दै भिडिसेफ नेपाल कालीकोटका अध्यक्ष कल्पना रावलले शिक्षकको क्षमता अभिबृद्धि जस्ता तालिम बारम्बार संचालन गर्ने बताइन् । उनले यस्ता तालिमले शिक्षकको सिकाई क्षमता संगसंगै पुर्नताजकी हुने भएकाले फेरीका दिनमा भिडिसेफले यस्ता तालिम संचालन गर्ने प्रतिवद्धता गरिन् ।
तालिममा शिक्षकलाई एकिकृत पाठ्यक्रम ढाँचा २०७६ को पचिय, उद्धेश्य संरचना, विशेषता र तहगत सक्षमता वारे जानकारी, एकिकृत पाठ्यक्रम, शिक्षक निर्देशिका र कार्यपुस्तिका विचको सम्वन्ध वारे जानकारी, नेपाली, अंग्रेजी, गणित, मेरो सेरोफेरो र स्थानिय भाषा शिक्षणको लागि शैक्षिक सामाग्री निमार्ण, एकिकृत पाठ्यक्रम सम्वन्धि मूल्याङनको विधि र प्रत्रियाका बारेमा जानकारी गराइएको थियो ।