३१ भाद्र २०८१, सोमबार

सूचना हक जीवनशैली बनाउनुपर्छः मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सूचना हक जीवनशैली बनाउनु पर्नेमा बताएका छन् । सूचनाको हकको लागि राष्ट्रिय महासंघका कर्णाली प्रदेशको पहिलो भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सूचना पाउनुपर्ने सबै नागरिकको कतव्र्य भएकाले सार्वजनिक क्षेत्रका सबैले सूचनाको हकलाई जीवनशैलीका रुपमा देखाउनुपर्ने बताएका हुन् ।
सूचना हकलाई जीवनमा राखेर पारदर्शी भएकार यसलाई जीवनयन्त बदल्न जरुरी मुख्यमन्त्री कँडेलले बताए । ‘मैले पाएको जिम्मेवार ठाउँमा छु । तपाईंले उठाएका मुद्दा म सम्बोधन र सुधार गर्छु ।’ उनले भने,‘सूचनाका हकका बिषयमा सबै नागरिकले थाहा पाउनु अहिलेको आवश्यकता हो ।’
कर्णाली आर्थिक सामाजिक तुलनात्मक रुप पछाडी रहेको त्यसको प्रभाव अगुवामा रहेको कारणले केही समस्या भएपनि सूचना दिनु सबै सार्वजनिक निकायको दायित्व भएको सूचना पाउनु सबै नागरिकको अधिकार रहेको मुख्यमन्त्री कँडेलले बताए । ‘केही सामाजिक मान्यता कारणले कर्णालीका अगुवामा त्यसको छाप पनि पर्छ ।’ उनले भने,‘सूचनाको हक आवश्यक रहेको छ । यो अभियान कोहीले सकैलाई देखाएर भन्दा दुरुपयोग हुने रहेको छ । सहि कामका लागि तपाई लाग्नुहोस र आवश्यक रहेको छ ।’
अहिले सूचनाको सहि प्रयोग नहुँदा विश्वनियता गुम्दै गएको मुख्यमन्त्री कँडेले चिन्ता व्यक्त गरे । ‘सामाजिक सञ्जालका कारणले अहिले नागरिकले सहि सूचना पाएका छैनन् । त्यसलाई बदल्न आवश्यक रहेको छ ।’ उनले भने,‘सामाजिक सञ्जाल अहिले भाईरल जमाना रहेको छ । त्यही भएर सत्य के हो ? असत्य के हो ? नागरिकले थाहा पाउन सकेका छैनन् ।’
मिडिया रिडिङ फरक ढंग हामी सूचना माग्दै गर्दा अरु पनि केहि मागिरहेका छौ कि त्यस बिषयमा सोच्ने बिषय भएको कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बताए । ‘सूचना हकको प्रयोग गरेर अहिले दुरुपयोग गर्ने काम भइरहेको पनि हुनसक्छ । त्यसतर्फ सबैले सचेत हुन जरुरी रहेको छ ।’ उनले भने,‘सूचना हक प्रयोग गर्ने सबै नागरिकको अधिकार हो । तर, अहिले सूचना हक प्रयोग गरेर केहीले धम्काउने काम पनि हुन थालेको छ ।’
नेपालको संबिधानमा नै सूचनाको हकका बिषयमा उल्लेख भएका कारणले यसको प्रयोगमा सबैले ध्यान दिन आवश्यक रहेको र सूचना हकले नागरिक सचेतना आउने कर्णाली प्रदेशसभाका उपसभामुख यसोदा न्यौपाने बताइन् । ‘नागरिकमा सचेतना ल्याउन र जिम्मेवार निकायलाई सचेत बनाउनका लागि सूचनाको हक पाउने अधिकार संबिधानमा उल्लेख गरिएको छ ।’ उनले भनिन्,‘यसको सदुपयोग हुन सकेको खण्डमा नागरिकले सही सूचना पाउन सक्छन् ।’
सूचना हक सम्बन्धि २०४६ सालमा आएको प्रजातन्त्रकालपछि हुने गरेको भएपनि यसको कानुनी रुपमा मान्यता पाएको १६ वर्ष पुगेको अहिले सूचनाको हककै कारणले केही उदाहणीय काम समेत भएको सूचनाको हकको लागि राष्ट्रिय महासंघका अध्यक्ष उमित बागचन्दले बताए । ‘सूचना हक प्रयोग गरेर केही राम्रा काम पनि भएका छन् ।’ उनले भने,‘सूचनाको हकको प्रयोग सबै नागरिकले गर्न पाए सुशासनको कडीमा फराकिलो आउने थियो ।’