१७ मंसिर २०८१, सोमबार

विद्यार्थीलाई पोशाक वितरण


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिकाले विद्यार्थीका लागि पोशाक वितरण गरेको छ ।
तिलागुफा नगरपालिका वडा नं ५ मा रहेका ४ वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई पोशाक वितरण गरेको हो । शिक्षासंग नगरप्रमुख कार्यक्रम अन्तरगर्त पोशाक वितरण गरिएको छ । वडा नं ५ मा रहेको कालिका मावि खल्ला, जाल्पादेवी आधारभुत विद्यालय धनाडा, लालिगुराँस आधारभुत विद्यालय देउरुख र एकता बाल विकास केन्द्र चदारबाडामा रहेका विद्याथीहरुलाई पोशाक वितरण गरिएको हो ।


विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालय प्रतिको मोह बढाउनका लागि पोशाक वितरण गरिएको तिलागुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्यायले बताए । उनले भने, यस भन्दा पहिले पनि नगरभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिसकेको र अहिले विद्यालयको पहिचान, विद्यार्थीको नियमितताका लागि पोशाक वितरण गरेको प्रमुख शाहीको भनाई छ ।
तिलागुफा नगरपालिका वडा नं ५ मा रहेका ४ वटा विद्यालयका करिव २ सय ५० जना बालबालिकालाई शिक्षासंग नगरप्रमुख कार्यक्रम मार्फत पोशाक वितरण गरिएको तिलागुफा नगरपालिकाका प्रवक्ता उपेन्द्र प्रसाद न्यौपानेले बताए ।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई नियमित बनाउनका लागि पोशाक वितरण गरिएको हो ।