३१ असार २०८१, आईतवार

पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो


सुर्खेत । पाँच दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने गगनेखोलामा आएको पहिरो पन्छाएपछि मंगलबार दिउँसोबाट कर्णाली राजमार्ग खुलेको हो ।
पहिरोका कारण आएका ठूलठूला ढुङ्गाहरु पन्छाएर सडक खुलाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए । ‘हेभी इक्वीपमेन्ट डिभिजन नेपालगंजबाट खटाइएको ह्वील एक्साभेटर (ब्रेकर) र ब्याकहो लोडर मेसिन तथा सडक डिभिजन सुर्खेतबाट थप १ वटा ब्याकहो लोडर मेसिनको प्रयोग गरिएको थियो ।’ उनले भने,‘अहिले सडक एकतर्फी खुलेको छ । सडकमा खुलाउने थप काम भइरहेको छ ।’