कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुने भएको हो ।
नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चार जना मन्त्री सहभागी हुने भएका छन् ।
कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेलसँग आज दिउँसो मन्त्रीको नाम बुझाउने कांग्रेसले जनाएको छ ।
संसदीय दलकातर्फबाट मन्त्रीहरुको नाम दिउँसो १ बजे मुख्यमन्त्रीलाई बुझाउँने कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले बताए ।
कर्णालीपाटी । १८ श्रावण २०८१, शुक्रबार ११:२२