३१ भाद्र २०८१, सोमबार

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटनाः ३६ जना घाइते, आठ जनाको अवस्था गम्भीर


 

सुर्खेत । नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना भएको छ । भारतको समस्तीपुर जिल्लाको मुसरीघरारीमा ट्रकले ठक्कर दिँदा बस पल्टिएर उक्त दुर्घटना भएको हो ।

गए राति भएको यो दुर्घटनामा परी ३६ जना घाइते भएका छन् । त्यसमध्ये ८ जनाको अवस्था गम्भीर छ । समाचारमा जनाइएअनुसार बसमा ४३ जना तीर्थयात्री सवार थिए ।

दुर्घटनाका घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तीर्थयात्री सवार बस देवघरतर्फ गइरहेको थियो ।