अबैध रूपमा काेरेकाे चुत्ताे बरामद


कालीकाेट: तिलागफा नगरपालिका वडा नं १ मा अबैध रूपमा उत्खनन गरिएकाे तिल्खुराकाे जरा (चुत्ताे) बरामद गरिएकाे छ ।
बिशेष सुराकीका आधारमा लुकाई छिपाई राखेकाे करिब एक ट्रक जति चुत्ताे बरामद गरिएकाे हाे । सब डिभिजन वन कार्यालय खल्ला, तिलागुफा नगरपालिका वडा नं १ काे कार्यालय र प्रहरी चाैकी नाग्मकाे टाेलिले लुकाई छिपाई राखेकाे तिल्खुराकाे जरा बरामद गरि मालिका सामुदायिक वन उपभोक्ता समितिकाे जिम्मा दिएकाे छ ।
स्थानिय मयालाल महताराले अबैध रूपमा संकलन गरेकाे चुत्ताे बरामद गरि सामुदायिक वनलाई बुझाईएकाे हाे । कानुनि रूपमा बैध भएपनि महताराले सामुदायिक वनकाे पुर्जि बिना अबैध रूपमा उत्खनन गरेकाले बरामद गरी सामुदायिक वनकाे जिम्मा दिएकाे सव डिभिजन वन कार्यालय खल्लाले जनाएकाे छ ।
प्रकृया नपुर्याएर आफुले जरा उप्काउन लगाएकाे स्थानीय मयालाल महताराले स्विकार गरे उनले आफ्नै गाउकाे एकजना स्थानीयले आयुर्वेद औंषधिमा प्रयाेग हुने बताएपछि स्थानीयलाई लगाएर उत्खनन् गर्न लगाएकाे बताए ।
यसरी अबैध रूपमा उत्खनन गरिएकाे जडिबुटी सामुदायिक वनकाे जिम्मा दिएर उत्खनन गर्ने व्यक्तिलाई कानुनि रूपमा कार्वाहि गर्ने तिलागुफा नगरपालिका वडा नं १ का वडाध्यक्ष मनबहादुर बुढाले बताए ।
कर्णालीपाटी । ५ माघ २०८१, शनिबार ११:२३