भेरेखोला देखि शैनेखोला सडक शिलान्यास


कालिकोट । भेरेखोलादेखि शैनेखोला सडक सिलान्यास गरिएको छ । नरहरिनाथ गाउँपालिकाको रुप्सामा पर्ने भेरेखोलामा नरहरिनाथ गाउँपालिकाले दुई करोड दश लाख बराबरको ठेक्का खोली ठेकेदार कम्पनीले काम थालेको हो ।
धेरै ठुलो भिर र चट्टानले गर्दा सडक खन्न निकै कठिन भएको छ । सिलान्यास कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्ट, वडा न ५ का अध्यक्ष मानबहादुर सहकारी ४ न वडा अध्यक्ष नन्दराम सहकारी लगायत सम्पूर्ण समुदायका अगुवा, धामि झाँक्रिहरुको उपस्थित रहेको थियो ।
ठेक्का पाएको कम्पनिलाई सहयोग गर्ने र आम नागरिकले बिकास निर्माण मा सहयोग गर्न नरहरिनाथ गाउँपालिका अध्यक्ष बिष्टले बताए । भौगोलिक समस्याले करौडो लगानी गर्दा पनि सडक पुग्न नसकेको रुप्सा मा नागरिकले बाट सडक पुग्ने आसा गरेका छन । बाटो पुग्ने देखिएपछि नागरिकहरु खुशी छन ।
यसैबीच, नरहरिनाथ गाउँपालिकाको वडा न ४ मा आई एन एफ नेपालले गरेका गतिविधि हरुको अनुगमन गरिएको छ । आई एन एफ नेपालले नरहरिनाथ गाउँपालिका वडा न ४ मा गरेका गतिविधि हरुको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष बिष्ट, सम्बन्धित वडाका जनप्रतिनिधि, सरोकारवाला, नरहरिनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारी, नापी शाखा प्रमुख मनिस देउवा, आई एन एफ नेपालका टिम लिडर नवीन विक लगायतको उपस्थिति रहेको थियो।आई एन एफ नेपालले समाजको आवस्यक्तालाई बुझेर काम गरिरहेको स्थानिय हरुले जनाएका छन।आई एन एफ नेपालले समुदायमा खानेपानी निर्माण, बोटबिरुवा वितरण गर्ने र सरसफाई सम्बन्धि गतिविधि सन्चालन गर्दै आएको छ ।
चन्द्र भट्टराई । १९ माघ २०८१, शनिबार १३:४९