२२ माघ २०८१, मंगलवार

अनुगमनले नरहरिनाथमा किसान उत्साहित


कालीकोट । नरहरिनाथ गाउँपालिकाको वडा न १ मा आईएनएफ नेपालले गरेका गतिविधिहरुको अनुगमन गरिएको छ। आईएनएफ नेपालले नरहरिनाथ गाउँपालिका सबै वडामा काम गर्दै आई रहेको छ । नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमलकुमार शाह, वडा न १ का अध्यक्ष जगतबहादुर बिष्ट निर्माण नरहरिनाथ गाउँपालिका कृषि शाखामा कार्यरत प्राविधिक सहायक भिम वली,आईएनएफ नेपालका सहायक परियोजना अधिकृत रुप शाही, टिमलिडर नबिन विक र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

आईएनएफ नेपालले कृषकका आवश्यकता बुझेर काम गरिरहेको स्थानीयहरुले जनाएका छन् । आईएनएफ नेपालले समुदायमा खानेपानी निर्माण, बोटबिरुवा वितरण गर्ने र सरसफाई सम्बन्धि गतिविधि सन्चालन गर्दै आएको छ । नरहरिनाथ गाउँपालिका वडा न. १ गणेशपुरमा मनबहादुर विष्टले सञ्चालन गरेको बिष्ट कृ कृषि बहुउद्देश्यीय फर्मको अनुगमन गरिएको हो ।

उक्त फर्ममा बीउ बिजन, बिषादी, ३ वटा टनेल एउटा १०० लिटरको ड्र्म लगायत पाईप र प्राविधिक सहयोग नरहरिनाथ गाउँपालिकाले गरेको छ । त्यस्तै आईएनएफ नेपालले पाँच थान ग्रिन नेट, यचडिपि पाईप ३०० मिटर, टनेल ३ थान र नियमित रुपमा बिउ र विषादी सहयोग गरेको जनाएको छ । अनुगमनका क्रममा आईएन एफ नेपालाई सहयोग गरकोमा धन्यवाद दिए । उनले आगामी दिनमा थप सुधारिएको टनेल सहयोग गर्न आग्रह गरे । आफू कृषि पेशामा लामो समय लागेर बिस्तापित हुन लागेको समयमा सहयोग गरेर आईएनएफ नेपालले ठुलो सहयोग गरेकोमा आभारी रहेको बताए ।

अनुगमनका क्रममा कृषक वितरण गरेका फलफूलका बोटविरुवा, घुम्तिकोषमार्फत बाख्रा वितरणको अनुगमन, सरसफाइ सम्बन्धि निर्माण गरिएका चाङ, वितरण गरिएका फिल्टरहरुको उपयोगिताका बारेमा अनुगमन गरिएको हो ।

यसैबीच, नरहरिनाथ गाउँपालिका वडा न. १ मा रहेको नुवादेव आधारभुत विद्यालयमा निर्माण गरिएको बालमैत्रि खानेपानी निर्माण, शौचालय निर्माणहरुको अनुगमन समेत गरिएको हो ।

कृषकहरुलाई आवश्यक्ता अनुसारको सहयोग गर्ने, उत्कृष्ट किसानलाई थप सहयोग गर्ने र सबैलाई नमुना किसानका रुपमा काम गर्ने उपाध्यक्ष शाहले आग्रह गरे ।