कालिज पालनबाट आत्मनिर्भर बन्दै पत्रकार कुमाल


कालीकोटः जिल्लामा पशुपालन तथा कृषि व्यवसायले धेरैलाई आत्मनिर्भर बनाएको छ ।
पछिल्लो समय, विशेष गरी कृषि व्यवसाय आकषर््ाक बन्दै गएको छ । सानै लगानीमा सुरु गर्न सकिने र उच्च नाफा हुने भएकाले धेरै युवा तथा किसानहरु कृषि तिर आकर्षित भएका छन् ।
त्यस्तै उदाहरण बन्न सफल भएका छन् कालीकोटका पत्रकार कर्ण कुमाल, कुनै समयमा यहाँका स्थानीय रेडियोबाट आफ्नो आवाजलाई बुलन्द गर्ने पत्रकार कुमाल पछिल्लो समय कृषि पेशामा आवद्ध छन् ।
पत्रकारीताबाट आत्मनिर्भर बन्न नसकिने भन्दै कुमाल बैदेशिक रोजगारीमा जानका लागि काठमाण्र्डौ गए, उनले लामोसमय सम्म बैदेशिक रोजगारीको तयारी गरे धेरै मेनपावरसंग कुराकानी गरे कतैबाट भिसा नआएपछि उनी आफ्नै ठाउँ फकिए ।
केही साथिभाईको सल्लाह, घरपरिवारको साथ र रास्कोट नगरपालिकाको सहयोगमा उनले व्यवसायीक कालिज फर्म संचालन गरि अहिले आत्मनिर्भर भएका छन् । नगरपालिकाको करिव १० लाखको सहयोगमा उनले व्यवसायी कालिज फर्म संचालनमा ल्याएका छन् ।
बैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँठाउँमा कृषिबाट आत्मनिर्भर बन्न सकिने उदाहरण बनेका छन् पत्रकार कर्ण कुमाल । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–३ मा उनले व्यवसायीक कालिज फर्म संचालन गरि मनग्य आम्दानी गर्न सफल भएका छन् ।
विदेशमा गर्ने कडा परिश्रम आफ्नै माटोमा गर्न कुमालले बीउ पूँजी १० लाख लगानी गरेर कालिज फर्म थालेका हुन् । ५ महिनाको अवधिमा ३ सय ४५ वटा कालिजका चल्ला हुर्काएका छन् भने ५० भन्दा बढी कालिज विक्रि गरिसकेका छन । घरपरिवारबाट छुट्टिएर विदेशमा कडा परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भनेरै काठमाण्र्डौबाट घर फर्केर कालिज पालन व्यवसाय थालेको कर्ण बताउँछन् ।
आफ्र्नै जग्गा, घरपरिवारसंगको साथ नगरपालिकाको सहयोगले अहिले आफु सफल भएको कुमालको भनाई छ । स्थानीय बजारमा नै कालिज बेचेर करिव १ लाख भन्दा आम्दानी गरिसकेको कुमालले बताए ।
उनले भने, ‘कालिज किनबेच किलोमा नभएर गोटाको हिसाबले हुने र ५ देखि ६ महीनाको एउटा कालिज २ हजार पाँच सय देखि ४ हजार पाँच सयमा सजिलै बिक्री हुने गरेको छ ।’ कालीकोटमा व्यावसायिक कालिज पालन कम भएको र माग उच्च रहेकै कारण आफूहरुले सो पेशा रोजेको उनको भनाई छ । राम्रो हेरचाह गरे कालिजबाट रामै आम्दानी गर्न सकिने कुमाल बताउँछन् ।
कर्णालीपाटी । १३ फाल्गुन २०८१, मंगलवार ११:०२