११ बैशाख २०८२, बिहीबार

बिरामीसंगै उपाध्यक्ष


कालीकाेट:  कालीकाेटकाे शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाही अहिले काठमाण्डाैमा रहेकाे काठमाण्डाै मेडिकल कलेजमा ब्यस्त छन् ।
यहि फागुन ६-७ गते गाउँपालिकाकाे समन्वयमा भएकाे बृहत् स्वास्थ्य शिविर मार्फत रिफर भएका बिरामीकाे उपचारमा उपाध्यक्ष आफै सक्रिय भएर लागेकी छन् । शुभकालीकाबाट रिफर भएर गएका करिब एक सय बिरामीको अहिले मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।


आर्थिक अबस्था कमजाेर भएका, गरिव बिपन्न दलित परिवारका बिरामीकाे उपचार मेडिकल कलेजले निशुल्क गरिदिने भएकाे छ ।
दुर्गम ठाउका बिरामीकाे लागि जिउदाे भगवान बनेर प्रकट भएकाे उपाध्यक्ष शाहीले बताईन् । उनले शिविरकाे आयाेजना गर्दिन आग्रह गर्दा सहजै स्विकार गरि बिरामीकाे उपचार निशुल्क गरिदएकाेमा केएमसी मेडिकल कलेजका संचालक डा शुनिल शर्मालाई धन्यवाद दिईन ।
नागरिकका समस्यालाई समाधान गर्न गाउँपालिकाले प्रयास गरिरहेकाे नेपाली काँग्रेसका उपसभापति नन्दबहादुर शाहीले बताए ।