१४ मंसिर २०८२, आईतवार

विल भुक्तानी नगरेपछि झुटो अफवाह फैलाइयोः बडुवाल


कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले विल भुक्तानी गर्न नसकेपछि आफुलाई पालिकाबाट भागेको भनेर झुटो अफवाह फैलाएको बताएका छन् ।
उनले पालिका उपाध्यक्ष पार्वती सिंह संज्यालले पेश गरेको विल भुक्तानी नभएपछि पालिकाबाट बेपत्ता भनेर अफवाह फैलाएको जिकीर गरे । उनले भने, ‘पालिकाको नाममा रहेको मोटरसाईकल उपाध्यक्षको श्रीमानले चलाउने गरेपछि पालिकाबाट गाडि र मोटरसाईकल दोहोरो सुविधा दिन नसकीने भनेपछि आफुलाई सरुवाको लागि उपाध्यक्षले रचेको नाटक हो ।’
बाईकमा हालेको तेल, मर्मत खर्च र गाडि चढेको विल भुक्तानी मागेपछि आफुले दिन नसकेपछि मलाई सरुवा गर्न उपाध्यक्ष काठमाण्र्डौमा रहेको बडुवालले बताए । मन्त्रालयबाट सरुवा नभएपछि उपाध्यक्षले बेपत्ता भनेर विभिन्न संचार माध्ययममा लेख्न लगाएको आरोप बडुवालको छ ।
बडुवालले भने, ‘बैशाख ८ गते अध्यक्ष र आफुसंगै सुर्खेत तालिममा आएको र २ दिनसम्म पालिकाको कामका लागि सुर्खेतमा बसेको प्रमुख प्रशासकीय अधिकृतले स्विकार गरे । उनले भने म अहिले कानुनको परिक्षा दिनको लागि नेपालगन्जमा छु, मैले २८ गतेसम्मको विदा लिएको बसेको हुँ ? पालिकाका उपाध्यक्षले आफुलाई सरुवा गर्न नसेपछि उहाँले रचेको नाटक हो यो अफवाहमा विश्वास नमान्न आग्रह छ ।’
मेरो कानुनको परिक्षा संचालन भएपछि म परिक्षाको लागि नेपालगन्जमा छु अहिले प्रमुख प्रशासकीय अधिकृत बेपत्ता भनेर सामाचार प्रकाशित हुँदा अच्चमित भए । बडुवालले बताए ।