पालिकाभित्रका ५०१ जना बालबालिकालाई ड्रेस बितरण

कालीकाेट: जिल्लाकाे सान्नित्रिवेणी गाउपालिका-७ मा रहेकाे ठिगेल्नीदेवि आधारभुत विद्यालयमा रहेका ६५ जना विद्यार्थीहरुलाई सान्नित्रिवेणी गाउपालिका- ५ का पूर्व वडाध्यक्ष नरेश बमले निशुल्क रुपमा ड्रेस बितरण गरेका छन् ।
नयाँ बर्ष २०८२ काे अबसर पारेर उनले बिधालयमा अध्ययन गर्ने ६५ जना बालबालिकालाई ड्रेस बितरण गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको बमले बताए ।
शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन सामाजिक ब्यक्तिले शिक्षामा लगानि गर्न आबश्यक रहेकाे बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन सक्रियता बढाएको छु’, बमले भने, ‘अबको परिवर्तन शिक्षाले मात्र दिन सक्ने भएकाले सबैलाई शिक्षामा जोड्न आवश्यक छ ।’

विगतबाट नै सान्नित्रिवेणी गाउपालिकाका सामुदायिक विद्यालयहरूलाई सहयोग अभियान चलाउँदै आएका छन्। सानो सहयोगबाट विद्यार्थीहरूलाई पढाइमा हौसला मिल्ने बमले दाबी गरे। न्यूनतम आवश्यकताको अभावमा विद्यालय जानबाट वञ्चित बालबालिकाको सहारा बनेको बताए ।
यश भन्दा पहिले पनि बमले सान्नित्रिवेणी गाउँपालिकामा रहेकाे मष्टो मा बि बुठिगेमा २५१ जोर, बडरुख आधारभुत बिध्यालयमा १८५ जोर ड्रेस बितरण गरेका थिए भने पालिकामा रहेका ३ वटा बाल बिकास केन्द्र मा झोला तथा स्टेसनरी सामाग्री बितरण गरेका थिए । पालिका भित्रका करिव ५०१ जना बालबालिकालाई समाजसेवि तथा पूर्व वडाध्यक्ष बमले ड्रेस र शैक्षिक सामाग्री बितरण गरेका छन् ।



कर्णालीपाटी । २९ बैशाख २०८२, सोमबार १४:५७