१७ मंसिर २०८२, बुधबार

स्थापना दिवसमा खेलकुद सामाग्री बितरण


कालीकाेट: जिल्लाकाे सदरमुकाम मान्ममा रहेकाे लोटस विकास एकेडेमीले आफ्नो दोस्रो वार्षिकोत्सव कार्यक्रम तथा गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागारमा खेलकुद सामाग्री दिएकाे छ ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनारा लाई आत्मासाथ गर्दै लोटस विकास एकेडेमीले आफ्नाे स्थापना दिवस भव्य रूपले मनाएकाे छ । बिधालयमा रहेका सम्पूर्ण शिक्षकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत एक सकारात्मक पहल स्वरूप जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा एकेडेमीका पिन्सिपल सन्तोस पौडेलले कारागारमा पुगी विभिन्न प्रकारका खेलकुद सामाग्री हस्तान्तरण गर्दै आउने दिनहरुमा पनी सामाजिक दायित्वका कार्यहरू निरन्तर रूपमा गरिरहेन बताए । साथै सामग्रीहरूले कैदीबन्दीहरूको मानसिक स्वास्थ्य सुधार तथा सकारात्मक सोच विकासमा योगदान पु¥याउने विश्वास लिएको समेत बताए ।