१४ मंसिर २०८२, आईतवार

महाबै गाउपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न


कालीकाेट: महाबै गाउपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ तथा २०८२/०८३ काे नीति तथा कार्यक्रम माथि सुझाव संकलन गरेको छ । गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।
गाउँपालिकाका सबै शाखा प्रमुखकाे तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो । सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ मा सार्वजनिक सुनुवाइ कार्यविधि अनुसार प्रत्येक चार/चार महिनामा कम्तीमा एकपटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान भएपनि जिल्लामै पहिलाे पटक महाबै गाउपालिकाले बर्षभरी गरेका काम कार्वाहिकाे बिषयमा जानकारी गराउनका लागि सार्वजनिक सुनुवाईकाे आयाेजना गरेकाे छ ।
पालिकालाई पारदर्शिता र सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था सरकारकाे छ । साेहि अनुरूप पालिकाले सार्वजनिक सुनुवाई तथा सुझाव संकलन गरेकाे थियाे । बर्षकाे एकै पटक भए पनि सार्वजनिक सुनुवाई गर्नु राम्राे भएकाे महाबै गाउपालिकाका पूर्व अध्यक्ष नन्दबहादुर सिहले बताए ।
अहिले देशमा गल्ती गर्नेहरूले सजाय पाइरहेको बेला आफुले प्रवाह गरेका सेवा सुबिधाका बिषयमा जानकारी गराई सुशासन कायम हुदा कसैकाे डर नहुने महाबै गाउँपालिकाका पूर्व उपाध्यक्ष मनराज शाहीले बताए । त्यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपालिका काँग्रेसका पाटी सचिव मातृका सिंह नेकपा माओवादी केन्द्र अनुशासन समितिका केन्द्रीय सचिव सर्पराज सिहले ठुलो सङ्घर्षबाट स्थानीय तह निर्माण भएकाले जनप्रतिनिधि सबैको साझा हुनुपर्ने सुझाव दिए ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । गाउपालिकाका अध्यक्ष खेमबहादुर सिंह, उपाध्यक्ष दानसिह सेजुवाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही, लेखा प्रमुख मलिम रावत, १ देखि ७ वडाका वडाध्यक्षहरू, बिषयगत शाखाका प्रमुखहरू जवाफदेही ब्यक्ति रहेका थिए ।