बालबालिकालाई सहयाेग

कालीकाेट: धर्ती फाउन्डेसनले न्यानो काख सेवा समाजमा रहेका असहाय बालबालिकाहरुलाई नगद सहित खाद्यान्न सामाग्री बितरण गरेकाे छ ।
धर्ती फाउन्डेसनका अध्यक्ष तथा नेपाल तरुण दलका केन्द्रिय सदस्य धर्मराज शाहीले न्यानो काख सेवा समाजमा पुगि १३ जना बालबालिकालाई १० हजार नगद सहित खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।
सहयाेग हस्तान्तरण गर्दै फाउन्डेसनका अध्यक्ष शाहिले “समाजको सबल अंगले कमजोरको साथ नदिँदा समृद्धि अपूर्ण रहन्छ। असहाय बालबालिकामा लगानी गर्नु, समृद्ध राष्ट्र निर्माणको जग हाल्नु हो।” र “हाम्रो सानो सहयोगले उनीहरूको ठूलो सपना पूरा हुन सक्छ। नगद वा खाद्यान्न होइन, यो उनीहरूको जीवनप्रतिको आशाको दियाे हस्तान्तरण गरिएकाे हाे ।
हस्तान्तरण पछी न्यानो काख समाजकी संचालिका कल्पना मल्लले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा राखेको बताइन् ।
सहयाेग हस्तान्तरणमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसम्पादन समिति सदस्य पटक बहादुर शाही, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य सबिन कुमार बिष्ट , कर्णाली जेसिज बर्ष २०२५ का अध्यक्ष खगेन्द्र पाण्डे , समाजसेवी रमित मल्ल , पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरत राज बिष्ट लगाएतको उपस्थिति रहेकाे थियाे ।



कर्णालीपाटी । ३ श्रावण २०८२, शनिबार १९:३६