जन्म दिनमा भवन उपहार

कालीकाेट: जिल्लाकाे पलाँता गाउँपालिकाका प्रथम अध्यक्ष तथा समाजसेवी लक्ष्मण बहादुर बमले आफ्नो जन्मदिनको अवसरमा पलाँता अस्पताललाई ४२ लाख रुपैयाँ बराबरकाे भवन हस्तान्तरण गर्नु भएकाे छ ।
बमले आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गर्दै आफ्नो जन्मदाता मातापिता प्रति नमन व्यक्त गर्दै स्वर्गिय पिता ऐवान बमको सम्झनामा निर्माण गरिएको उक्त भवन अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको नेता बमले बताएका छन् ।
आफ्नो व्यक्तिगत लगानीमा निर्माण गरिएको भवन आफ्नो समुदायप्रतिको प्रेम र जिम्मेवारीको भाव भएको नेता बमले उल्लेख गरेका गरेका छन् । आफूलाई जिताउने १५ सय मतदाता मात्र नभई सम्पूर्ण ८ हजार मतदाता र १९ हजार जनसंख्याको प्रतिनिधित्व गरेको र सधैँ उनीहरुकै पक्षमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका बमले जन्म दिनकाे अबसर पारेर अस्पतालमा आउने बिरामिलाई बस्न सहज हाेस् भन्ने उद्देश्यले भवन उपहार दिएकाे बताएका छन् ।
आलोचना र अपमानबाट आफू विचलित नहुने बताउँदै बमले पलाँता सरकार र वडा नम्बर ९ का जनताको आर्थिक भार कम गर्न उक्त भवन निर्माण गरेको जानकारी दिए । अब यो भवन पलाँता अस्पतालको भएको र यसको प्रयोग अन्य विकास कार्यमा पारदर्शी ढंगले हुनेमा बमले विश्वास व्यक्त गरेका छन् ।



कर्णालीपाटी । ५ श्रावण २०८२, सोमबार ०४:३१