एमालेले भ्रम सिर्जना गर्याे: अध्यक्ष बिष्ट

कालीकाेट: बाढी पहिराे पीडितले राहत पाईसक्दा पनि नेकपा एमाले नरहरिनाथ गाउँकमिटीले भ्रम सिर्जना गरेकाे नरहरिनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताएका छन् ।
बाढीपहिरो पीडितका आफन्तले साउन ५ गते राहत पाईसकेकाे तर नेकपा एमालेले बिज्ञप्ती जारी गर्नु आफैमा लज्जास्पद भएकाे अध्यक्ष बिष्टले बताए । उनका अनुसार २०७७ सालमा आएकाे बाढीपहिराेमा परी ज्यान गुमाएका परिवारले जनहि ३० हजारका दरले राहत पाईसकेका छन् ।
२०७७ सालमा नरहरीनाथमा आएकाे बाढीपहिरोमा परी नरहरीनाथ र अछामका गरि जम्मा १९ जनाले ज्यान गुमाएका थिए । उनीहरूकाे आफन्तलाई राहत स्वरूप लाेकप्रिय कार्यक्रम ईन्द्रेणीले ५ लाख ४३ हजार ५ रूपैया राहत उपलब्ध गराएकाे थियाे ।
राहत बितरण गरेकाे हप्ता दिन बितिसक्दा बिज्ञप्ती आउनु आफैमा भ्रमित भएकाे अध्यक्ष बिष्टले बताए । उनले भने, राहत आएकाे ५ लाख ४३ हजार ५ रूपैया थियाे, पालिकाले केही रकम थप गरेर जनही ३० हजारका दरले बितरण गरि सकेकाे छ ।

सुरूमा मृतकका आफन्त पहिचानमा समस्या आएकाले राहत बितरणमा ढिलाई भएकाे अध्यक्ष बिष्टले बताए । उनले भने, बाढीपहिरोमा परि नरहरिनाथ मात्र नभएर अछाम जिल्लाका नागरिकले पनि ज्यान गुमाएकाले उनीहरूकाे पहिचान गर्न ढिला भएका कारण बितरणमा समय लागेकाे हाे ।
राहत बितरण गरेकाे हप्तादिन भन्दा बढी हुदा बिज्ञप्ती निकालिनु एमालेले भ्रम सिर्जना गर्न खाेजेकाे अध्यक्ष बिष्टले बताए ।
नरहरिनाथ गाउपालिका-७ मा माईती घर भएकी देव बाेहरा सहित ३ जनाका हकवाला सम्पर्कमा नआएकाे नरहरिनाथ गाउपालिका बिपद शाखा प्रमुख राजेन्द्र शाहीले बताए ।
०७७ सालमा संकलन भएको राहत ०८० माघमा पालिकालाई हस्तान्तरण भयाे, बाढीपहिराे आउदा नेकपा एमालेकाे नरहरिनाथमा सरकार रहेकाे अध्यक्ष बिष्टकाे भनाई छ ।
उनले भने, हिजाे आफ्नाे सरकार हुदाँ जुकाले जस्तै पालिकालाई चुस्न बानि परेकाहरु आज पालिकालाई चुस्न नपाएपछी अत्तालिएका हुन् ।



पुष्पराज भट्टराई । १२ श्रावण २०८२, सोमबार १७:३८