जन्म दिनका अबसरमा खाध्यान्न सहयाेग

कालीकाेट: आफ्नो जन्म दिनकाे अबसर पारेर युवा ब्यवसायी पवन बमले न्यानाे काखमा जन्म दिन मनायर नौलो छाप पारेका छन । उनले आफ्नो जन्मदिनको अवसरमा न्यानाे काखमा रहेका बालबालिकाहरूलाई खाध्यान्न सहयाेग गरि उनीहरूकाे माझमा जन्म दिन मनाएका हुन् ।
समाजमा रहेमा मानिसले भोज त केक काटेर जन्म दिन मनाएको हामी सवैलाई थाह छ तर पवनले जन्मदिनमा हुने खर्च जोगाएर न्यानाे काखमा रहेका अनाथ बालबालिकालाई चामल, दाल, तरकारी तेल लगायतका खाध्यबस्तु वितरण गरेका हुन् ।
जन्म दिनकाे अबसरमा थाेरै भएपनि राहत मिलाेस् भनेर न्यानाे काखमा रहेका बालबालिकाहरूलाई सानाे सहयाेग गरेकाे बमले बताए । उनले भने, जन्म दिनमा हुने फजुल खर्च कटाएर न्यानाे काखलाई सहयाेग गरेकाे हाे ।
केक काटेर साथीभाई सँग रामरमाईलो गरेर जन्म दिन मनाउनु भन्दा अनाथ असाहाय लाई नै सहयोग गर्नु जन्मको सार्थकता भएका कारण आफुले न्यानाे काखमा आएर सहयोग गरेको बम बताउछन् ।
खाध्यान्न सामग्री पाएपछि बालबालिकाहरु खुशि भएका छन् ।



कर्णालीपाटी । १६ श्रावण २०८२, शुक्रबार १७:४२