१४ मंसिर २०८२, आईतवार

जन्म दिनमा बिरामीलाई फलफुल बितरण


कालीकाेट: जिल्ला अस्पताल कालीकाेटमा भर्ना भएका ३० जना बिरामीलाई फलफुल बितरण गरीएकाे छ ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति कालीकाेटका सदस्य बबिन शाहीले आफ्नाे जन्म दिनकाे अबसरमा जिल्ला अस्पताल कालीकाेटमा रहेका बिरामीलाई फलफुल बितरण गरेका हुन् ।
तरूण नेता शाहीले जन्मदिनको अवसरमा जिल्ला अस्पतालमा पुगेर बिरामीको स्वास्थ्यलाभको कामनासहित फलफुल वितरण गरेका छन् । उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको बताए ।

प्रायजसो मानिसहले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन् । तर, तरूण नेता शाहीले आफ्नो जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरी मनाए ।

उनले आफ्नो जन्मदिनको दिन बिरामीहरुको सेवा गर्ने उद्देश्यले अस्पतालमा मनाएको बताए । आफ्नो जन्मदिन बिरामीको सेवा गरेर मनाउँदा निकै खुसी लागेको बताए । फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीले नेता शाहीलाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए ।
फलफुल बितरणमा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दमन राज शाही, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी लगायत तरूण दल जिल्लाकार्य समितिका पदाधिकारीकाे उपस्थिति रहेकाे थियाे ।