१४ मंसिर २०८२, आईतवार

देशकै नमुना बिधालय बनाउनमा जाेड


कालीकाेट: तिलागुफा नगरपालिका-३ फाेईमहादेवकाे फाेईकाेटमा रहेकाे महादेव माध्यमिक विद्यालयको ४६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्झना दमाईकाे अध्यक्षता, नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य दक्षिणा शाहीकाे प्रमुख आतिथ्यता तथा नगर प्रमुख शंकरप्रसाद उपाध्यायकाे बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
फाेईमहादेव स्थित विद्यालय परिसरमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरदिप शाहिले विद्यालयको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक शाहिले आगामी दिनहरूमा विद्यालयलाई वाल मैत्री तथा प्रविधिमैत्रि बनाउन लागि परेकाले सबैको सहयोग आवश्यक पर्ने बताए ।

त्यसैसरि कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दक्षिणा शाहिले विद्यालय बाल मैत्रि र गुणस्तरीय हुनु पर्नेमा जोड दिईन् । उनले विद्यालयको विकासका लागि आफू सधैँ सकारात्मक रहेकाले सहयोगका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाईन् । उनले महादेव मावि देशकै नमुना बनाउनु पर्नेमा जाेड दिईन् ।
कार्यक्रममा बिशेष अतिथि तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायले जिल्लाकै नमुना बिधालयका रूपमा परिचित महादेव माविलाई देशकै नमुना बिधालय बनाउन बिधालय, अभिभावक, शिक्षक, सबैले लागि पर्न आबश्यक रहेकाे बताए । कार्यक्रममा तिलागुफा नगरउपप्रमुख महेन्द्र बहादुर शाही लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।