कर्णाली राजमार्ग पुन अबरुद्ध

कालीकाेट: पहिरोले कर्णाली राजमार्ग पुन बन्द भएको छ । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका-१ गगने खोलामा मंगलबार दिउसाे खुलेकाे सडकमा बेलुका साझ ६ बजे पुन पहिरो गएपछि राजमार्ग ठप्प भएको छ ।
कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर शनिबार दिउँसो सञ्चालनमा आएकाे राजमार्ग शनिबार राति ९ बजे गगने खोलामा पुन: पहिरो गएर सडक अवरुद्ध भएको थियाे, शनिवारदेखि मंगलबार दिउसाे सम्म सडक अबरुद्ध भएकाे थियाे ।

दिउसाे केही समय सडक खुलेपनि बेलुका ६ बजेपरेकाे बर्षासंगै पुन राजमार्ग अबरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।



पुष्पराज भट्टराई । १७ भाद्र २०८२, मंगलवार १८:२७