भिडिसेफले गर्याे सामाजिक लेखापरीक्षण

कालीकाेट: जिल्लामा रहेको ग्रामीण विकास तथा प्रर्यावरण संरक्षण मञ्च (भिडिेसफ) नेपालले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक लेखापरीक्षण सम्पन्न गरेको छ ।
सुशासन, पारदर्शिता र जवाफदेहीता भिडिसेफको प्रतिबद्धता भन्ने मुल नाराका साथ संस्थाले जिल्लामा पहिलाे पटक सार्वजनिक लेखापरीक्षण गरेकाे हाे । भिडिसेफ नेपालका अध्यक्ष कल्पना रावल बाेगटीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गाेकर्णराज सुयलकाे प्रमुख आतिथ्यता, शुभकालीका गाउपालिकाका अध्यक्ष गाेविन्द्र आचार्य, नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकाेटका उपसभापति एवं भिडिसेफ नेपालका संस्थापक अध्यक्ष मीनबहादुर बाेगटीकाे बिशेष आतिथ्यतामा सार्वजनिक लेखापरीक्षण भएकाे हाे ।
सार्वजनिक लेखापरीक्षणमा संस्थाले आम्दानी र खर्च विवरण सार्वजनिक गर्दै, सम्पन्न गतिविधिहरू, उपलब्धि र चुनौतीहरूबारे जानकारी गराएको थियो । लेखापरीक्षणमा बाेल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गाेकर्णराज सुयलले अन्य गैरसरकारी संस्थाले पनि सार्वजनिक लेखापरीक्षण गर्न सुझाव दिए । उनले संस्थाले आठ वटा पी मा रहेर काम गरिरहेकाे भन्दै खुसि ब्यक्त गरे ।
कार्यक्रममा विशेष अतिथि शुभकालिका गाउपालिका अध्यक्ष गाेविन्द आचार्यले संस्थाले पालिकाकाे सहकार्यमा उत्कृष्ट काम गरिरहेकाे बताए । उनले संस्थाले देखाएकाे खर्च र गरेका क्रियाकलापले शुभकालिकामा केही परिवर्तन भएकाे उल्लेख गरे । नेकपा एमाले नेतृ जलशा बुढाले समाज परिवर्तनको मुख्य मेरूदण्ड मानिएकाे गैरसरकारी संस्थाले सार्वजनिक रूपमा यसरी लेखापरीक्षण परिक्षण गर्नु राम्राे काम भएकाे बताईन् । उनले शुभकालिकामा संस्थाले गरेका क्रियाकलाप जिल्लाकाे पलाता गाउपालिकामा संचालन गर्न आग्रह गरिन् ।
कार्यक्रममा सहभागीहरूले संस्थाको पारदर्शिता र जवाफदेहिताको प्रशंसा गर्दै आगामी वर्षका लागि सुझाव दिएका थिए । संस्थाका महासचिव महेश प्रसाद भट्टराईले स्वागत गरेसंगै संस्थाका व्यवस्थापक राजेन्द्र सहकारीले संस्थाकमे वित्तीय विवरण सहित संस्थाले बार्षिक रूपमा गरेका क्रियाकलाप प्रस्तुत गरेका थिए ।
सार्वजनिक लेखापरीक्षणकाे अन्त्यमा संस्थाका अध्यक्ष कल्पना रावलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन । कार्यक्रमकाे सहजिकरण पत्रकार रत्नबहादुर कार्की र पुष्पराज भट्टराईले गरेका थिए ।



पुष्पराज भट्टराई । २२ भाद्र २०८२, आईतवार २०:४०