१४ मंसिर २०८२, आईतवार

दशै तिहार नजिकिएसंगै सडक मर्मतकाे काम सुरू


कालीकाेट: जिल्लाकाे शुभकालिका गाउपालिकाले दशै र तिहार नजिकिँदै गर्दा ग्रामीण सडककाे स्तरउन्नतिकाे काम थालेकाे छ ।
शुभकालीकाका ग्रामिण बस्तीहरूलाई सहज यातायातसँग जोड्ने उद्देश्यले स्थानीय सरकारको पहलमा ग्रामिण सडकहरूको स्तरउन्नति कार्य सुरु भएको हाे । बर्षाकाे समयमा क्षतबिच्छेद भएकाे सडककाे स्तरउन्नती पालिकाले थालेकाे छ । असारदेखि बन्द सडककाे स्तरउन्नतीका लागि पालिकाले सडक सुचारु गर्न थालेकाे छ ।

दशै र तिहारमा स्थानीय नागरिककाे सहजताका लागि सडककाे स्तरउन्नती थालिएकाे शुभकालिका गाउपालिकाका उपाध्यक्ष धर्मकला शाहिले बताईन् । सडक मर्मतकाे काम नियमित हुँदै आएकाे भएपनि बर्खाकाे समयमा अबिरल बर्षासंगैकाे पहिराेले बाटाे भत्किएकाे थियाे । नियमित वर्षा भएपछि काम गर्न नसकिएकाे उपाध्यक्ष शाहीकाे भनाई छ ।
अहिले माैसम सफा भएपछि सडक मर्मतकाे काम थालिएकाे छ । उपाध्यक्ष शाहिले भनिन्, १० गतेभित्र सबै ठाउमा गाडि पुर्याईसक्ने हेतुले काम गरिरहेका छाै । नेपाली काँग्रसका उपसभापति नन्दबहादुर शाहिले दशै अगाबै सडक स्तरउन्नतिकाे काम थालेकाेमा खुसि ब्यक्त गरे । उनले पालिका बाहिरबाट दशै मनाउन आउने नागरिककाे समस्यालाई ध्यानमा राखेर पालिकाले तदारुकता देखाएकाे छ ।
अब दशै अगाबै ग्रामिण सडक स्तरउन्नती गरि नागरिककाे यातायात पहुँच पुर्याउन जाेड दिए । दशै अगाडि सवै सडककाे मर्मत गरि सक्न आग्रह गरे । स्तरउन्नतिले स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने, स्वास्थ्य र शिक्षा सेवामा पहुँच बढ्ने, आपतकालीन उद्धारमा सहज हुने आशा गरिएको छ ।