१४ मंसिर २०८२, आईतवार

नागरिकका सवालमा तरूणदलले बुझायो ज्ञापनपत्र


कालिकोट- सदरमुकाम रहेकाे खाडाचक्र नगरपालिकाले नागरिकका सवालमा ध्यान नदिएकाे भन्दै नेपाल तरूण दल जिल्ला कार्यसमिति कालिकाेटले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएकाे छ ।
जिल्ला सदरमुकाम मान्म बजारका बिभिन्न सार्वजनिक सवालका बिषयमा नेपाल तरुण दलले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञानपनपत्र बुझाएको हाे ।
बजारबासिले लामाे समयदेखि भाेग्दै आएकाे खानेपानीको समस्या, सार्वजनिक शौचालयको जग्गा अतिक्रमण गरिएको, मान्म बजारमा आउने सडक अवरुद्धलगायतका बिषयमा जिल्ला प्रशासन कार्यालयमै पुगेर तरुणदलका जिल्ला अध्यक्ष दमनराज शाही , कांग्रेस नेता पटकबहादुर शाही,युवा नेता लक्ष्मणबहादुर शाही वारका अध्यक्ष अमलराज शाही लगायतका नेताहरूले प्रमुख जिल्ला अधिकरी गोकर्णराज सुयललाई ज्ञापनपत्र वुझाएर ध्यानाकर्षण गराएका छन् ।