७ बैशाख २०८१, शुक्रबार

कालिकोटमा नेकपा पदाधिकारीहरुको सपथ ग्रहण


सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संगठन कमिटीको निर्णयानुसार नेकपा कालिकोटको सदस्यमा सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहरुले आज कालिकोट सदरमुकाम मान्ममा सपथ ग्रहण गरेका छन् । नेकपा कालिकोटका अध्यक्ष धनजीत शाहीको अध्यक्षतामा भएको सपथ ग्रहण तथा प्रथम बैठक कार्यक्रमका अवसरमा प्रदेश संगठन कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले सबै पदाधिकारी र सदस्यहरुलाइ सपथ खुवाउनु भएको हो ।
कालिकोटमा धनजीत शाही अध्यक्ष र नगिन्द्र शाही (नेशनल) सचिव रहेको १ सय ३५ सदस्यीय (नेकपा) को जिल्ला कमिटी गठन भएको थियोे । सपथ ग्रहण समारोहमा नेकपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले नवगठित जिल्ला कमिटीका पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको र प्रथम बैठका एजेन्डामा छलफल शुभारम्भ भएको नेकपा जिल्ला कमिटी सदस्य चित्रसिंह गाउँलेले जानकारी गराउनु भयो ।