१६ चैत्र २०८०, शुक्रबार

सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र


सुर्खेत । कर्णाली प्रदेशका युवाहरुले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापन पत्र बुझाएका छन् । युवा, यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आवश्यक नीति बनाउनु पर्ने भन्दै नेपाल युवा संस्था सञ्जाल (आयोन) को अगुवाईमा विहीबार ज्ञापनपत्र बुझाएका हुन् ।
यूवाहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री दल रावलले युवा र यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि तत्पर रहेको बताए । ‘स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुसंगको सहकार्यमा स्वास्थ्य विधेयकको ड्राफ्ट तयार गरेको गरिएको छ’ उनले भने, ‘विधेयक पारित भए पछि कडाइका साथ कार्यान्वयन गर्ने र त्यसले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सहयोग पु¥याउने छ ।’
युवा महिलाका स्वास्थ्य तथा अन्य समस्या समाधानका लागि प्रदेश सरकारले छोरी बचत खाता सञ्चालनमा ल्याएको बताए । सामाजिक विकास मन्त्रालयमा प्रदेशमा अलि बजेट अभाव भएकोले भनेजति गर्न नसकेको स्वीकार गरे । तर कर्णाली प्रदेश सरकार युवा, महिला विभिन्न संघसंस्थासंगको समन्वय र सहकार्यविना विकास सम्भव नभएको बताए । सरकारले दिगोविकासको लक्ष्यप्राप्तिका लागि लैंङ्गिक समानता र महिला शशक्तिकरणलाई महत्व दिएको उनको दावी छ ।
ज्ञापन पत्रमा आधारभुत स्वास्थ्य सेवा र सुरक्षित गक्भपतन सेवा तथा सूचनामा युवा, महिला, अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँच सुनिश्चित गर्न अनुरोध गरिएको छ । स्वास्थ्यसंस्था स्वास्थ्यकर्मी तथा दक्ष जनशक्ती विकास कर्णाली प्रदेश सरकारको प्राथामिकतामा राख्न र लैंङ्गिक समानतायुक्त र यौन तथा सामाजिक हिंसामुक्त कर्णाली प्रदेश निर्माण गर्न युवा तथा महिला लक्षित निती तय गर्नु पर्ने लगायतका मागहरु समेटिएका छन् ।
तालिमका सहजकर्ता पुन्य भण्डारीले यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका समस्या समाधानमा सहभागि युवाहरुको अपेक्षा रहेको बताए । नेपाल युवा संस्था सञ्जालका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मिता श्रेष्ठले सहभागिहरुले आफुले ग्रहण गरेको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी नेतृत्व र सेयर गर्नुपर्ने बताईन् । युवाहरुले वीरेन्द्रनगरमा मंगलवारदेखी तिन दिवसीय यौन तथा प्रजनन् स्वास्थ्य अधिकार पैरवी क्षमता अभिवृद्धी तालिमपश्चात् उक्त ज्ञापन पत्र बुझाएका हुन् ।