४ जेष्ठ २०८१, शुक्रबार

प्रेमिकासँग होटेलमा बास बसेका प्रमोद मृत भेटिए



काठमाडौं । प्रेमिकासँगै नयाँ बसपार्कस्थित एक होटलमा बास बसेका काभ्रेका युवक मृत भेटिएका छन् । असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका २६ वर्षीय प्रमोद गुरुङ शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत फेला परेका हुन् ।
विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका गुरुङ बुधबार विहान मृत फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
बुधबार विहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएको प्रहरीले बताएको छ ।
उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौन शक्तिवद्र्धक औषधिसमेत फेला परेको प्रवक्ता बोगटीले जानकारी दिए ।
युवकको शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ चिकित्सकले होटलमै आई जाँच गरिरहेको छ । जाँचपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाई छ ।
मृतक गुरुङ र युवती दुबै जना अविवाहित हुन् । उनीहरु ११ गतेदेखि १४ गतेसम्म सोही होटलमा बसेका थिए । त्यसपछि नगरकोट घुम्न गएर मंगलबार साँझ पुनः होटलमा आएर बसेका थिए । अनलाइनखबरबाट