४ जेष्ठ २०८१, शुक्रबार

पत्रकार शर्माकाे उपचारमा सहयोग गर्न आग्रह


सुर्खेत । देश सञ्चार डटकम तथा साझा बिसाैनी दैनिकमा कार्यरत पत्रकार डिलप्रसाद शर्माको ज्यान जोगाउन संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले आग्रह गरेको छ । समाजका सचिव समेत रहेका शर्माको भारतको गुजरातमा डेढ महिनादेखि उपचार चलिरहेको छ । पत्रकार शर्मा बोनम्यारो रोगबाट पीडित छन् । चिकित्सकहरुले शर्माको उपचारको अन्तिम विकल्प बोनम्यारो प्रत्यारोपण रहेको बताएका छन्।

बोनम्यारो प्रत्यारोपणका लागि कम्तिमा पनि १५ लाख भारतीय रुपैयाँ लाग्ने बताइएको छ । शर्मालाई बोनम्यारो रोग लागेको तीन महिना अघि मात्रै पुष्टि भएको थियो । उनी आइतबार नेपाल फर्किँदै छन् । संस्थाले पत्रकार शर्माको उपचार खर्चका लागि आर्थिक सहयोग गरिदिन नेपाल इन्भेस्टमेन्ट बैंक सुर्खेत शाखामा उनकै नाममा रहको खाता नम्बर ०२२०५०५०७९३१३६मा रकम जम्मा गरी दिन आग्रह गरेको छ ।