मालिका एफएमको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कालीकोटः जिल्लामा रहेको सामुदायिक रेडियो मालिका एफ.एमले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । विगतका वर्षझै यस वर्ष पनि सामुदायिक रेडियो मालिका एफ.एमले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
लामो समयदेखि आवाज विहिनहरुको आवाज बनिरहेको रेडियोले सवैको घरमा लक्ष्मीले बास गरुन भन्दै जिल्लाका सरोकारवालाहरुका माझमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो । सामुदायिक रेडियो मालिका एफ.एम संचालन समितिका अध्यक्ष मीनबहादुर बोगटीको अध्यक्षता संविधान सभा सदस्य माननीय तुलाराज विष्टको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो ।
शुभकामना आदान प्रदानमा आफ्नो शुभकामना भनाई राख्दै कार्यक्रममा प्रमुख अतिथि विष्टले कालीकोटको विकासका लागि सवैको एक मत हुन जरुरी रहेको बताए । उनले कालीकोटको शान्ति शुरक्षाका लागि सवै सरोकारवालाहरु एक ठाउँमा उभिएर यस वर्षको दर्शैलाई हर्षका साथ विदाई गर्न सुझाव दिए । उनले यस पटकको दशैमा कुनै पनि अप्रिय घटना घट्न नदिनका लागि सुरक्षाकर्मीलाई नागरिकले पनि साथ दिनुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पाटी सभापति हर्षबहादुर बमले यस पटकको दशैले भाइचाराको सम्बन्ध कार्यम गर्न सकोस भन्दै पाटी विपाटी भन्दा पनि विकास पाटी भएर अगाडि बढ्ने सामथ्र्य सवै राजनीतिक दलमा आउन जरुरी रहेको बताए । उनले, जिल्ला विकासको जिम्मा यहाँका नागरिक सहित राजनीतिक दलका काधमा आएकाले सवै मिली कालीकोटको विकास गर्ने सोच पलाउन आवश्यक रहेको धारणा राखे । उनले आगामि दिनमा पनि सामुदायिक रेडियो मालिका एफ.एम आवाज विहीनहरुको आवाज बन्न सकोस भन्दै शुभकामना दिए ।
नेकपाका जिल्ला सचिव नगेन्द्र शाही नेश्नलले यबवर्षको दशैले सवै नागरिकले सान्तिको महसुष गर्न पाउन, सवैको सम्बन्ध सुमधुर बनोस भन्दै शुभकामना व्यक्त गरे । नेपाली काँग्रेसका जिल्ला सहचिव एवं प्रदेश सभा क्षेत्र नं २ का क्षेत्रीय सभापति दमनबहादुर शाहीले सवैले यसपटको दशैलाई हुने खादा र हुदा खाने नभई सवैको समान रुपमा मनाउन पाउन भन्दै शुभकामना दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य नेत्रराज शाहीले सवैको घरमा उमगं छावस भन्दै शुभकामना दिएका थिए ।
शुभकामना आदान प्रदानमा जिवी उपसभापति सत्यबहादुर शाहीले संसारमा सबैभन्दा ठुलो धर्म हिन्दु भएकाले हिन्दुधर्मावलम्बीहरुले हासीखुसी दशै मनाउन आग्रह गरे । कार्यक्रममा खाडाचक्र नगरपालिका प्रमुख जसी प्रसाद पाण्डेले सवैको साझा आवाज बन्न रेडियोलाई शुभकामना दिए । उनले जिल्लाको टाठा बाठाको आवाज बन्नुभन्दा पनि ग्रामिण भेगका नागरिको आवाज बुलन्द गर्नुपर्ने बताए । कार्यक्रममा यसोदा शाही, भदा शाही, प्रमुख जिल्ला अधिकारी कृष्णचन्दै पौड्या, प्रहरी नायव उपरिक्षक श्यामबाबु ओलीया, सादा नेपालका अध्यक्ष अशोकनाथ योगी, जिल्ला शिक्षा विकास तथा समन्वय इर्काका प्रमुख महेश देवकोटा पत्रकार पवित्र शाही, पवित्रा जैसी, रत्नबहादुर कार्की, नमराज योगी, विश्वनाथ सिम्खडा लगातयले शुभकामना राखेका थिए ।