अपराध नियन्त्रणमा प्रहरी सक्रिय

विश्वनाथ सिम्खाडा
कालिकोट:   जिल्ला प्रहरी कार्यालय कालीकोटले डेढ महिनाको अवधिमा २३ जनालाई विभिन्न मुद्धामा पक्राउ गरेको जानकारी दिएको छ । कालीकोटका पत्रकारसंग डेढ महिनाको समिक्षा गर्दै प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले २ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको बताए ।
लाईसेन्स विना नै टिप्पर चलाउने, गुण्डागर्दी गर्ने, जवरजस्ती करणीमा फरार रहेका, जुवातास खेल्ने, र सवारी दुर्घटनमा संलग्नलाई पक्राउ गरि कार्वाही थालिएको उनले बताए । आफु आएको डेढ महिनामा २३ जना अभियुक्तलाई पक्राउ गरिएको नायव उपरीक्ष ओलीयाले बताए । उनले, जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाका सबै घरधुरीहरुमा प्रहरी पुगेर घर दैलोे अभियान संचालन गर्ने बताए । जिल्लामा बालबिबाह, घरेलु हिंसा, कुटपीट, लागुऔषध दुव्र्यशनी लगायतका सामाजिक अपराधहरु न्यूनिकरण गर्नका लागि प्रहरीले सचेतना जोगाउदै घरदैलो अभियान संचालन गर्ने उपरीक्षक ओलीयाको भनाई छ ।
जिल्लामा रहेका सबै प्रहरी युनिटहरुलाई परिचालन गरी बिभिन्न किसिमका सामाजिक अपराधहरु बिरुद्ध सचेतना जोगाउछौँ । कानुनी व्यवस्थाका बारेमा पनि जानकारी दिन्छौँ । गाँउमा हुने गतिबिधिहरुका बारेमा जानकारी लिनेछौँ । ओलीयाले भने, ‘प्रहरी र नागरिक बीचको सम्बन्ध सुधार गर्न र प्रहरीका सेवाहरुलाई प्रभावकारी बनाउन हरेक गाँउपालिकामा नागरिक सुनुवाई गर्ने, घरेलु मदिरा बिरुद्ध कडा अभियान संचलन गर्र्ने, गुण्डागर्दी र सवारी दुर्घटना न्यूनिकरणका लागि चेकजाँचमा कडाई र फरार अपराधिहरुको खेजी कार्यलाई उच्च प्राथमिक्ता दिने छौ ।’
नायव उपरीक्षक ओलीयाले भने, असोज महिनामा मात्र जबरजस्ती करणी मुद्धाका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । अदालतबाट मुद्धा फैसला भएर फरार रहेका अपराधिहरुको खोजीका लागि कडा रुपमा प्रहरीले अप्रेशन सुरु गरेको छ । उहाँले कर्णाली राजमार्गको सेरीघाटदेखी दहिखोला, मान्मदेखी बिहानीखोला र खल्लागाड देखी नाम्म बजारसम्मको सडकलाई सवारी दुर्घटना ग्रष्त क्षेत्रका रुपमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय कालिकोटले आत्म हत्या दुरुत्साहनमा १ जनालाई पक्राउ गरि मुद्धा चलाएको छ । आफ्नो प्रेमीकालाई बिस सेवन गरी आत्महत्या गर्न बाध्य पार्ने प्रेमीलाई पक्राउ गरि मुद्धा चलाएको ओलीयाले बताए । कालीकोट जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. १ का २० बर्षिया राजेश बिकलाई प्रहरीले आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरी मुद्धा चलाएको हो । अभियुक्त राजेश विकले नरहरीनाथ गाँउपालिका वडा नं. २ की १८ बर्षिया राजु विकलाई बिबाह गर्ने भनेर प्रेम गरेको तर बिबाह गर्न नमानेको भन्दै यही असोज २२ गते विहान बिस सेवन गरी राजु विकले आत्महत्या गरेकी थिइन् । आत्महत्या अघि राजुले आफ्नो फेसबुकमा राकेश प्रेम गरेको विवाह गर्न अस्विकार गरेकाले आत्महत्या गर्न बाध्य भएको स्टाटसका आधारमा पक्राउ गरि मृद्धा चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटमा पहिलो पटक आत्महत्या दुरुसाहन मुद्धा दर्ता भएको जानकारी दिए । उनले पक्राउ परेका विकलाई आत्महत्या दुरुत्साहन अभियोगमा नयाँ मुलुकी संहिता अनुसार पाँच बर्षसम्म कैद र पचास हजार जरीवानाको माग दाबी सहित जिल्ला अदालत कालिकोटमा मुद्धा पेश गरिएको जानकारी दिए ।