२४ माघ २०८१, बिहीबार

विपत् प्रतिकार्य सम्बन्धि तालिम दिदै सेना


कालिकोटः नेपाली सेनाले जिल्लाको नरहरीनाथ गाँउपालिकामा ५२ जना युवाहरुलाई सामुदायिक विपद् प्रतिकार्य सम्बन्धि तालिम दिन थालेको छ । नेपाली सेनाको रणसुर गुल्म कालिकोटले जिल्लाका ९ वटै स्थानिय तहमा स्थानिय युवाहरुलाई सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि तालिम दिने अभियान अन्तरगत जिल्लाको नरहरीनाथ गाँउपालिकाका ५२ जना युवाहरुलाई उक्त तालिम दिन थालेको हो ।
नेपाली सेनाको रणसुर गुल्म कालिकोटको आयोजना तथा नरहरीनाथ गाँउपालिकाको समन्वयमा शुक्रबार चार दिने सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि तालिम सुरु भएको छ । राष्टिय सभा सदस्य जीवन बुढा, नरहरीनाथ गाँउपालिका अध्यक्ष धिरबहादुर बिष्ट, नेपाली सेनाको रणसुर गुल्म कालिकोटका गुल्मपती मेजर उत्तम कटुवाल लगायत गाँउपालिकाका ९ वटै वडाबाट प्रतिनिधित्व हुने गरी ५२ जना युवाहरुको सहभागीतामा उक्त तालिम सुरु भएको हो ।

तालिममा नेपाली सेनाका मेजर उत्तम कटुवालले जिल्लामा हुने सम्भावित विपद् र त्यसको रोकथामको बिषयमा जानकारी दिदै स्थानिय स्तरमा बिपद् बिरुद्ध उत्पादन हुने जनशक्तिले विपद्को समयमा सूचना सम्प्रेशण, खोज तथा उद्धार र प्राथमिक उपचारका लागि ठुलो सहयोग पुग्ने बताए । उनले नेपाली सेनाले जिल्लाका ९ वटै स्थानिय तहमा सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि चार दिने तालिम संचालन गर्न लागिएको जानकारी पनि दिए । उनका अनुसार कालिकोट बाढी, पहिरो, आग्लागी, सडडक दुर्घटना र भुकम्पिय जोखिमका हिसावले बढी जोखिममा रहेको छ । त्यस्ता विपद्मा नागरिकको जनधनको क्षेतीलाई जोगाउने पुर्व तयारीमा जोड दिनुपर्ने आवश्यक छ ।
नरहरीनाथ गाँउपालिकामा संचालन गरिएको तालिममा स्थानिय युवाहरुलाई बाढी, पहिरो, आग्लागी, सडक दुर्घटना र भुकम्पमा नागरिकहरुलाई कसरी जोगाउने, खोज तथा उद्धार कसरी गर्ने, प्राथमिक उपचार, घाईते तथा लाशहरुको व्यवस्थापनका बिषयमा पुर्ण रुपमा जानकारी दिइने छ ।

उनका अनुसार जुन विपद्को पुर्व तयारीका लागि नगरपालिकाले कस्तो तयारी गर्नुपर्छ, कस्ता सामाग्रीहरुको खरिद गरी राख्नुपर्छ भन्ने बिषयमा पनि जानकारी गराईनेछ । सरकारले हरेक स्थानिय तहमा हेलिप्याड बनाउने नीति लिएकाले त्यसका लागि आफुहरुले सहयोग गर्ने उनको भनाई छ ।