४ बैशाख २०८१, मंगलवार

महिला सेवा समाजमा डाँगी


सुर्खेत ।
महिला सेवा समाज सुर्खेतको अध्यक्षमा बालकुमारी डाँगी अध्यक्ष बालकुमारी डाँगी निर्वाचित भएकी छिन् । शनिबार वीरेन्द्रनगरमा भएको समाजको नवौ साधारण सभाले डाँगीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । समाजको सचिव पदमा पौडेल र कोषाध्यक्ष शोभा बस्नेतसहित ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको समाजका निवर्तमान अध्यक्ष कल्पना कार्कीले बताएकी छिन् ।
महिला नेतृत्व बिकासकालागि स्थापना भएको महिला सेवा समाजको नवौ साधारण सभाको उद्घाटन लायन्स क्लवका डिस्टिूक मेम्बर टिकाराम लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन समारोहमा बोल्दै प्रमुख खतिथि लामिछानेले समाजको आमुल परिवर्तनका लागि महिला सक्षम भई नेतृत्वदायी भुमिकामा रहनु पर्नेमाजोड दिए । ‘समाज बिकासको लागि महिलाको भुमिका महत्वपूर्ण छ’ उनले भने, ‘हरेक परिवर्तनमा महिला सहभागिताले देशको परिवर्तन सम्भव भएको हो ।’
कार्यक्रममा समाजका सल्लाहकार सीताराम कार्कीले समाजकालाई सभ्यता प्रदान गर्न महिला नेतृत्व आवश्यक हुने बताए । समाजका सल्लाहकार कमल नेपाल, साधारण सभाका बिशेष अतिथि तेजकुमारी जिसीलगायतले महिलाको जागरणले बिकास र परिवर्तन सम्भव भएको बताए । समाजले किशोरी स्वास्थ्यका लागि अभियान थालेका सीता शर्मालाई सम्मान गरेको छ । निवर्तमान अध्यक्ष कल्पना कार्कीले आफ्नो कार्यकालमा असहाय तथा विपन्नहरुका लागि गरेको प्रयास र प्रगतीको बारेमा चर्चा गरेकी थिईन् ।