१३ बैशाख २०८१, बिहीबार

टिपरको ठक्करबाट मृत्युभएका सिंहसंग शाहीको छैन सम्बन्ध


कालीकोटः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको टिपरको ठक्करबाट निधन भएका कालीकोट जिल्ला महावै गाउँपालिका–३ सिमखेत निवासी केशरबहादुर सिंह र मंगलबार नै दिउसो सुर्खेतमा आत्महत्या गरेकी कालीकोट जिल्ला तिलागुफा नगरपालिका ढिम्नी निवासी अरुणा शाही विचमा कुनै पनि सम्बन्ध नभएको परिवारले जनाएको छ ।


टिपरको ठक्करबाट सिंहको निधन र करुणाको आत्महत्या एकै दिन भएकाले अधिकाँश नागरिकले अकलकाटी सुरु गरिरहेका बेला मृतक अरुणाका परिवारले आधिकारीक रुपमा आत्महत्या गरेको कारण के हो भन्ने थाहा नभएको बताएका छन् । केशर बहादुर सिंहसंगको प्रेमले आत्महत्या गरेको मिडियामा आइरहेका बेला अरुणाका मामा मातृका सिंहले प्रेम हो होइन भन्ने पुष्टि नै नभएको बताएका छन् । उनले भने, ‘मिडियाले चरित्रहत्या गर्ने काम गरिरहेका छन् । उनीहरु विचमा प्रेम सम्बन्ध छ छैन भन्ने कुरा अव प्रहरी अनुसन्धान पछि मात्र खुल्ने छ ।’
उनका अनुसार, ‘घरपरिवार आफन्तसंग नबुझी मिडियाले हावादारी समाचार प्रकाशित गरेको आरोप छ ।’ उनले भने, ‘कसैको सिन्दुर हालेर गएकी थिनन्, अव विवाहित हुन पनि कसरी भन्ने, सत्य तथ्य घटना के हो भन्ने कुरा अवका केही दिनमा आउने सिंहले बताए । उनले उनीहरुसंगको प्रेम सम्बन्ध हामीले नदेखेकाले कोही कसैले पनि हल्लातिर नजान आग्रह समेत गरे ।
सिंहले भने, मिडियाले फैलाएको हल्लाले आफु तनावमा भएका कारणले यसको खण्डन गर्न सकिरहेको छैन, फेसबुक चलाउन पाएको छैन ।’ हामीसंगको कुराकानीले मिडियाले चरित्रहत्या गर्ने काम गरेको उनको अरोप छ । मृतक अरुणाको मोवाइल बाहेक अरु केही पनि नभेटिएकाले केशर सिंह र अरुणा विच प्रेम थियो भन्ने आधिकारी प्रमाण केही पनि नभएको मामा मातृका सिंहले बताए । मृतक अरुणाको पोष्टमाटम गरि आज नै भेरी नदिमा अन्तिम दाहासंस्कार गरिएको परिवारले जनाएको छ । अरुणा २१ वर्षिया युवती हुन् ।