१६ चैत्र २०८०, शुक्रबार

पलाँता सरकारले जन्झिर छिचोल्दै पार गरेकोे अढाइ बर्ष


लक्ष्मणबहादुर बम ‘पलाती कान्छा’

कालीकोटः हाम्रो देशमा आमुुल परिबर्तनको एजेन्डा बोकेर २०५२ सालमा औपचारिक रुपमा भएको महान जनयुद्धको संखकोस भएसँगै हजारौंको बलिदानि , लाखौंको योगदानि र करोडौंको सहयोग र समर्थनमा असिमित आशा, अपेक्षा र भरोसालाई काखि च्यापी १० बर्ष लामो युद्ध र अर्को दशक संक्रमणकाल पारगरी तीन तहको सरकारको संरचना खडा गरिएको छ । जस फल स्वरूप सिहदरबारको केही अधिकार सहित पलाँता सरकार बनेको छ र त्यसको जिम्मेवारी समाल्ने अबसर मिलेको छ । यो सरकार जन्माउन ठुलो मुल्य चुकाउनु परेको कुरा आज कोहि कसैले अस्विकार गर्ने ठाउँ नै छैन किनकी घाउँ आलै छ सुकेको छैन तुफानी केन्द्रको रगत, बदलिएको छैन दिदीबैनीको शरीरको एक सरो लुगा, गुड्ने कुर्सी र बैशाखीसँग मोहनी लगाई रहेका छन् सपना र बिपना मा अल्झिएका त्यी महान योद्धाहरुका, नयनहरु थाकेका छैनन् मुक्ति वा मृत्युु रोजेर झोलाभरी सपना बोकी हिडेका साहासी सन्तान जन्माउने जन्म दाताहरुका ,नाना पाना मिठो खानाको अपेक्षा गरिरहेका छन् कोपिलाहरुले, दलित, महिला, पिछडा बर्ग, क्षेत्र र समुदायले समानताको गुन्जनमा मजा लिरहेका छन, उद्दम रोजगारको बाटो कुरिरहेका छन नब जवानहरु, भोक र रोगबाट सम्बन्ध बिच्छेदलाई पुर्णता दिन चाहान्छन न्यालयको बिस्वास गर्ने निमुखा गाउँले मेरा अभिभाबक र नयाँ फल चाख्न चाहाने गड्डा खन्दाको पन्च्यायत बिरुवा, रोप्दाको बौदल, हुर्कदाको जनयुद्ध र फुल्दाको संक्रमणकाल पार गरी जिनिएको पुस्ताले लालसो देखाई रहेको छ । यी उधारण मात्र हुन असिमित बिषयबस्तुसँग अङ्गालो मार्दै समाजबाद हुदै साम्यबाद गन्तव्य तय गरेर यो ब्यबस्था आएको छ ।
आज सम्पूर्ण सचेत नागरिकले यस ब्यबस्थाको सदुपयोगसँगै संस्थागतका लागि धैर्यताको बाँध नटुटाई अझै थुप्रै कुराको कुर्वानी गरिरहनु आजको आबश्यकता हो यहि कुरामा हामी लागि रहेकाले कसैले देख्न त कसैले छेक्न चाहान्छन् । देख्न चाहानाका लागि अर्जुन र छेक्न चाहानेका लागि दुर्जन बन्नु समयको माग हो । यस्तै कुरा हरुलाई मनन् गर्दै पलाँता सरकारको नेतृत्व समाल्दै अढाई बर्ष पार भएको छ । यो समय पार गर्दा कहिले सम्मान त कहिले अपमान को भुमरी पार गरेर समय पार गरिरहेको छु तर कसैमाथि न गुनासो छ न त रिस र डाहा मात्र रुपान्तरण को कोशेली र उसको भार नै उपहार सुम्पिने कोशिस गरिरहेको छु यसै शिलशिलामा गरेका काम र भोगेको सौभाग्यको फल यिनै हुन ।
१) पाँच पटक गाउँ सभा
२) ५१ वटा कार्यपालिकाका बैठक
३) ४ पटक सार्वजनिक सनुवाई
४) २ पटक प्रत्येक वडामा सार्वजनिक सुनुवाइ
५) मैनामा अनिवार्य जनता भेटघाट
६) दोस्रो गाउँशभाबाट प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना, १५ शैया अस्पतालको औपचारिक प्रकृया सुरु गरी सेवा संचालनका लागि ८० लाख गाउपालिका र ४० लाख प्रदेशको रकम बाट ट्रस भबन निर्माणाधिन यसै बर्ष चिकित्सक सेवा सुरु गरिने, स्वमंसेबिकालाई मासिक ६ हजार प्रारिश्रमिक सहित समुदायमा परिचालन, टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम संचालन, सुनौलो हजार दिनकी आमालाई घरभेट कार्यक्रम संचालन, चिकित्सकद्धारा प्रत्येक रोगको बर्षमा अनिवार्य स्वास्थ्य शिबीर संचालन, चार वटा बर्थिङ सेन्टर संचालन र ७१ जनालाई स्वास्थ्य क्षेत्रमा रोजगारी
७) दोस्र्रो शभाबाट गाउँपालिकामा निजि शिक्षा बन्द, कक्षा शिक्षणका लागि ६२ दरबन्दी सिर्जना, माबिमा चौकिदार, खेल शिक्षक, कम्प्युटर शिक्षक, पुस्तकालय सहजकर्ता अनिवार्यको नीति सँगै ब्यबस्थापन, दुईवटा माबिमा कृषि बिषय अध्यायन र ल्यापको सुरुवातसँगै जेटीएको दरबन्दी कायम, १२ कक्षा सम्म निशुल्क शिक्षा, १३ वटा बिद्यालय मा अङ्ग्रेजी पढ्न चाहानेका लागि अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु, कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला, पुस्तकालय अनिवार्य खेलमैदान र बालशिक्षामा पाठ्य सामाग्रीको पुर्ण ब्यबस्थापनमा ध्यान केन्दित गरेका छौ । माबिमा २०, निमाबिमा १२ र आबिमा ८ कोठे पक्कि भबनको चार बर्षभित्र ब्यबस्थापन गर्ने नीति पाससंगै पुलाहामा ८ कोठे भबन र पक्कि शौचालय, खाडामा पहिलेको भबन मर्मतसँगै दई कोठे पक्कि भबन, राडुनेटामा थप ३ कोठे पक्कि भबन निर्माणाधिन, ओखल्ढुङ्गामा ८ कोठे पक्कि भबन, छलाहामा ६ कोठे पक्कि भबन, खिनमा पहिलेको भबन स्तर उन्नति साथै गुणस्तरीय शौचालय निर्माण, जाँफेमा भबनको स्तर उन्नति, उखाडिमा १० कोठे पक्कि भबन र स्तरिय शौचालय निर्माण प्रकृयामा, दैनिकरमा पहिलेको भबन स्तरउन्नति साथै नयाँ आठ कोठे पक्कि भबन निर्माणाधिन, बेर्सनकोटमा स्तरिय शौचालयको निर्माण, थिर्पुमा भैरब आबिमा दुई कोठे भबन निर्माण र माबिमा पहिलेको भबन स्तरउन्नति सगै छ कोठे पक्कि भबन र स्तरिय शौचालय निर्माणाधिन साथै ७५ लाखमा आवाशिय भबन निर्माणको प्रकृयामा रहेको छ र टोल टोलमा गृह कक्षा संचालन, प्रौढ शिक्षा, महिला शसक्तिकरण र साक्षरता परियोजना संचालन, किशोरी शसक्तिकरण कार्यक्रम संचालन गरिएको छ । बिद्यालय निरन्तर अनुगमन र नैसियत र पुरस्कृतको ब्यबस्था, बिपन्न र पहुच बाहिरका बिद्यार्थीका लागि आवाशिय बिद्यालयको थालनि गरेका छौ र यसमा महिलामा २९, किशोरीमा १०, पौढमा १३, खेल शिक्षक ७ चौकिदार ७, पुस्तकालय साहायक ७ कम्प्युटर शिक्षक ७ र अङ्ग्रेजी माध्यमा थप दरबन्दी १३ जना र अन्य माबि, आबिमा ६३ जनाको दरबन्दी गरी जम्मा १५६ जना लाई शैशिक रुपान्तरणको अभियानमा रोजगारि सिर्जना गरेको छु ।
गाउँ पालिकाको एक ठाउँबाट अर्काे ठाउँ पुग्नका लागि ७२ किलोमिटर सडक निर्माण गर्नुपर्ने मा हाल ४२ किलोमिटर सडक खनेका छौ, सार्वजनिक यातायात संचालनका लागि चौर्थो गाउँसभाले नीतिगत गरेको निर्णय पाँचौ सभाले एक करोड पचास लाखमा बजेट बिनियोजन गरी ठेक्का प्रकृया सकेर चार वटा फोर बिल जिप १ करोडमा खरिद सम्झौता गरि फागुन १ गते पलाँताका सडकमा गुड्ने पक्का भएको छ । पलाँताका १० जना युवालाई ८ मैना अघिबाट सवारी चालक तालिम गाउँपालिकाको आठ लाख लगानिमा सिकाईरहेको छ । यस क्षेत्रमा चालक ८ जना र व्यवस्थापक २ जना गरी १० जनाको रोजगारी सुनिश्चत भएको छ । यस वेलकम पलाँता यातायात मा बिद्यार्थी, जेष्ठ नागरिक, अति बिपन्न र घाईते अपांग साथै एकल महिला, र पत्रकारलाई पूर्ण निशुल्क र निश्चित समयमा यात्रु गन्तव्यमा पुग्नेछन र सुलभ यात्रा गर्न पाउने गरि कार्यविधि पास गरेका छौ बैशाखबाट एम्बुलेन्स संचालन गरिनेछ ।
९) कृषिको क्षेत्रमा अनुदानको ब्यबस्था, बार्षिक १ लाख फलफुल बिरुवा अनिवार्य वृक्षारोपण, एक घर एक नर्सरी, एक टोल एक सिचाई पोखरीको अभियानमा २३ वटा पोखरी र नर्सरी तालिम प्रबिधि हस्तान्तरण गरिरहेका छौ ।ण्पालिकाको चावटा ठाउँमा कृषि पाठशाला संचालन, ४ जना कृषि प्राबिधिक र छ जना भेटेनरि प्राबिधिक परिचालन गरेका छौ, भैंसी, बोका, गाई, रागा कृषकलाई ५० प्रतिशत लगानि सुनिश्चित गर्ने गरि अनुदान गरेका छौ । १५ बटा पक्कि नहर निर्माण साथै तल्सेरी धौलागोह, किच, खिन, पारौटी, बेर्सनकोट नाईबाडा र सिर्स देहडु थोपा सिचाई आयोजना निर्माणाधीन अन्तिम चरणमा छ । राडुनेटा र उखाडिमा कृषि ल्याप सँगै ९ कक्षाबाट कृषि बिषय अध्यापन सुरु गरिएको छ र दुई जना कृषि शिक्षकको ब्यबस्थासँगै दुईजना ल्यावका लागि जेटिएको ब्यबस्थापन गरिएको छ । प्रत्येक वडामा संकलन केन्द्र स्थापना, दूध डेरी, चिस्यान केन्द्र र रस्टिक स्टोरको अभ्यास सुरु गरेका छौ प्रत्येक वडामा सुपत मुल्य संचालनका लागि प्रति वडा २ लाख ५० हजार बिना व्याज ऋण लगानि गरेका छौ ।
१०) गाउँपालिका भित्र रहेका बनहरुको संरक्षणका लागि बन महासंघ स्थापना साथै कार्यालय ब्यबस्थापन र कार्यालयमा कार्यालय सहायक र सहयोगी ब्यबस्थापन गरेका छौ, भने कबुलियत र सामुदायिक ४२ वटा बनमा प्रत्येक बर्ष दुईलाख बिरुवा अनिवार्य रोप्ने र संरक्षण गरी हुर्काउने नीति पास गरेसगै ४२ जना बन हेरालाको ब्यबस्थापन घेरबार र बृक्षारोपण बापत आउने रकमबाट सुनिश्चित गरेका छौ, एक वडा एक नर्सरीको स्थापना गर्दै गएका छौ । बनमा रिचार्ज पोखरि निर्माण मा निरन्तरता दिएका छौ ।
११) उर्जामा गाउँ पालिका भित्र ३ आयोजना संचानमा र २ निर्माणाधीन अबस्थामा रहेको छन जसमा २५० किलोवाट विद्युत उत्पादन रहेको छ जसमा हाम्रो पालिकामा २०० ले अहिलेको अबस्थामा प्रयाप्त हुने र ५० किलो वाट बाहिर दिन सक्के देखिएको छ । अहिले छ बडाको १३ सय घरधुरीमा बत्ति बलिसकेको स्तर उन्नति हुँदै छ भने बाँकी १६ सय घरमा लाईन बिस्तार भैरहेको र बैसाख १ गते सम्म लोडसेडिङ नहुने गरि बत्ति पुग्नेमा ढुक्ककासाथ काम गरिरहेका छौ । यस क्षेत्रमा ९ जना अप्रेटर, ३ जना सहओभरसियर, १ साखा प्रमुख र १ सहयोगीको परिचालन गरेका छौ र यसलाई परिचालन र ब्यबस्थापन गर्न उर्जा ब्यबस्थापन समिति को गठन गरेका छौ । जम्मा १४ जना रोजगारीसँग यहि बर्ष पलाँता अँध्यारो मुक्त भएको छ बत्ती नपुगन्जेलका लागि यस अघि प्रत्येक घरमा ५० वाटको सोलार सुलभ मुल्यमा बितरण गरिसकेका छौ । महसुल अति सुलभ निर्धारण गरिएको छ बिपन्न एकल महिला र द्धन्द्ध पीडित घरपरिवार र बिद्यार्थी लाई महसुल पूर्ण छुट हुने गरि कार्यविधि पास गरेका छौ ।
१२) समान पहुँच र शुद्धखाने पानीका लागि तीन बर्ष भित्र सम्पूर्ण घरमा अनिवार्य मिटर सहितको धारा बितरण गरिसक्ने गापाको रणनीति अनुसार ९ सय मिटर सहितको धारा जडान गरिसकेका छौ भने बैशाखसम्म १५ सय पुग्ने गरि काम तिब्र गतिमा भैरहेको छ भने असाढ मसान्तसम्म २० हजार पुग्ने छ र बाँकि आउने बर्षको मध्ये तिर लक्ष्य पूरा हुनेछ अहिले सम्म गापा भरि मुहानबाट केही बाहेक सबै ठाउँको रिजर्भ ट्याङ्की मा पानी झारि सकेको छ । ४८ वटा रिजर्भ ट्याङ्कि बनाई सकेको छ । खानेपानि माहासंघ स्थापना साथै कार्यलयमा २ वटा कर्मचारीको ब्यबस्थापन गरेको छ । भने स्वच्छता पर्बदनका लागि १२ जना सामाजिक परिचालक परिचालन गरेका छौ एक घर एक धाराका लागि बाँकि कामलाई १० करोड ठेक्का प्रकृया पूरा गरि सकेको छ । भने फुटपातमा रहेका बस्तिलाई आबश्यक पाईप ,सिमेन्ट ब्यबस्थापन माग र आबश्यकतामा कुनै कमि हुन दिएको छैन ।
१३) दाम्डिगाड र तिप्गाडमा पक्कि पुल र नदिमा फेरिको काम औपचारिक प्रकृयामा अघि बढेको छ ।
१४) ४ सिभिल सभ ईन्जिनियर र १० जना सिभिल सभओभरसियर परिचालन गरेका छौ ।
१५) नौ बडामा ९ जना वडा सहायक र ९ जना सहयोगी परिचालन गरिएको छ ।
१६ ) पलाँता रोजगार कार्यक्रम संचालन गरि १५० जनाको निर्माण कार्यदल गठन गरेर काममा लगाईएको छ ।
१७) प्रत्येक स्वास्थ्य संस्थामा एक महिला र एक पुरुष सहयोगी परिचालन गरेर १५ जनालाई रोजगारको सृजना गरिएसगै जन सेवामा पहँज पुगेको छ ।
१८) जनयुद्धका घाइतेको उपचार साथै अनिवार्य रोजगारी को ब्यबस्थापनको नीति बनाई कार्यान्वयनमा ल्याएका छौ ।
१९) रेडियो पलाँता एफ एम संचालन साथै स्टेसन म्यानेजर १, कार्यक्रम संयोजक १, समचार प्रमुख १ कार्यक्रम प्रस्तोता २ चौकिदार १ सहयोगी १, र सम्वावदाता ९ जना गरि जम्मा १६ जनालाई रोजगारीसँगै पलाँतालाई संचारको पहँचमा पु¥याएका छौ, पलाँता खबर अनलाइन संचालन गरेका छौ ।
२०) समयमा सर्बसम्मतमा लोडेमा पालिकाको केन्द्र टुङ्गो मा अब भबन निर्माण प्रकृयामा
२१) सैनमा सहित स्मृति रङ्गशाला निर्माण कार्य सुरु सङ्गशाला २२० लम्बाई र १५० चौडाको बन्दै
२२) राडुनेटामा महान जनयुद्धका बेला खनेका बङ्कर संरक्षणका लागि संरक्षण स्थल निर्माण
२३) संस्कृति र परम्परा जोगाउन धार्मिक स्थलको मर्मत तथा पुन निर्माण
२४) रारा जोड्ने खिन भतेडा हुँदै रारा जोड्ने सडकको काम औपचारिक रुपमा प्रकृया सुरु
२५) वडा न ४ मा आयुवेद औषधालय स्थापना र ३ जना कर्मचारी ब्यबस्थापन
२६) थिर्पुमा बजार ब्यबस्थापन
२७) मदिरा नियन्त्रण साथै निषेध को अभियान
२८) साबिक का गाबिसमा ३ वटा प्राबिधिक सेवा कार्यालय स्थापना
२९) पलाँताका सम्पूर्ण दलित परिवारलाई सुधारिएको चुलो निसुल्क बितरण
३०) प्रत्येक वडामा कुटानि पिसानि मिल बितरण
३१) धौलागोह खिन थिर्पुका केही वडामा धारामा हुने गाग्री सम्मेलनको अन्त्य
३२) ऐतिहासिक महत्वको अङ्गाउ मन्दिर निर्माणाधीन
३३) खाडामा आगलागि भएको बस्तिक पुन निर्माण
३४) तल्सेमा पेल्ट्रि हाईड्रो संचालन
३५) ३ वटा वडा कार्यालय भबन निर्माण सम्पन्न
३६) पुर्ब जनमुक्ति सेनालाई ब्यबसाय संचालनमा अनुदान
३७) जनचेतना मुलक सामाजिक र स्वास्थ्य सम्बन्धि गित रेकर्डिङ जस्ता गणनामा आउने काम हुन भने अन्य साना साना काममा पनि आबश्यकता अनसार समय दिएकै छौ ।
३८) थुप्रै नीति र कार्यविधि पास गरेका छौ जसमा,
क) सहकारी रिण अनुदान संचालन कार्यविधि २०७४
ख) पलाँता रोजगार कार्यविधि २०७४
ग) शिक्षा निमावलि २०७४
घ) शिक्षण अनुदान कार्यविधि २०७४
ङ) उपभोक्ता गठन तथा संचालन २०७४
च) सुपत मुल्य पसल संचालन कार्यविधि २०७४
छ) बन संरक्षण कार्यबिधि २०७५
ज) आबासिय बिद्यालय संचालन कार्यबिधि २०७६
झ) बाल संरक्षण कार्यविधि २०७६
ञ) गाउँ प्रहरी संचालन कार्यविधि २०७६
ट) वेलकम पलाँता यातायात संचालन कार्यविधि २०७६
अहिले सम्म यी कामहरुमा खटिदै गर्दा नेपालभरका रेडियो, टेलिभिजन, अनलाईन, पत्रपत्रिकाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेर गल्ती भएको ठाउँमा सच्याउने र सहि भएको अन्य क्षेत्रमा पत्रचार गरि महत्त्वपूर्ण सहयोग भएको अनुभुती दिलाएका छन् । भने अनमोल फाउन्डेसन, कर्णाली साहित्य समाज, तिलाकर्णाली बहुमुखि क्याम्पस, अखिल क्रान्तिकारी केन्द्रीय संगठनले सम्मान गरी बिकाश निर्माणमा थप हौसला प्रधान गरेको छ । साथै परिबर्तनका बाहाक युवा, बिद्यार्थी र गाउँका सुभचिन्तकले दिने सल्लाहा गर्ने आशा भरोसा र ब्यक्त गर्ने दुख पिडाले जिम्मेवारी को अनुभुतीसँगै सधै यस क्षेत्रतिर लागिरहु र मेरो संसार यो भन्दा अरु छैन भन्ने कुरामा कुनै बेलापनि डकमकाउन दिदैन झनै थप बाँकि रहेका सहिदका अधुरा सपना, सहिद परिवार र घाईते अपांग वीर योद्धाका ईच्छा, चाहाना र माग अनि टुहुरा बच्चाका भबिस्यले पलपलमा झट्का दिरहने गर्दछ र आफ्नो भन्दा आफ्नाकाको बढि ख्याल राख्ने जोस आईरहन्छ । तर बिडम्बना आज जसले बिरुवा रोप्यो उसैले फल फल्न नदि काट्ने प्रयास गरिरहेको भान भएको छ । फुल फुल्ने बेला असिना पानी अनि आधि बेहेरी सिर्जना भएको अनुभूति भएको छ ।

सामाना गर्नु परेका चुनौति
भौगोलिक रुपमा बिकटता भित्रको बिकटमा पर्ने गाउँ पालिकालाई सुगमसँग तुलनामा लैजान भुगोलसँग लड्न शून्यबाट भौतिक संरचना निर्माणको थालनि निर्माणकार्य सुरु गर्दा जग्गा जमिन घर टहरा भत्काउनु पर्ने र त्यसबाट उत्पन्न समस्या प्रमुखको हिसाबले एक्लै जिम्मेवारी लिनु पर्ने र बिना उपस्थिति संरचना निर्माण गर्न नदिने हुदा कहिले डोजरको खलासी त कहिले निर्माण आयोजनाको चौकिदार बनेर संरचना निमार्णमा समय दिदा अन्य बाहिरका गोष्ठी बैठक र काममा अबरोध देखा पर्यो ।
बिकृति बिसंगतिले जगडिएको समाजलाई सभ्य समाजतिर लैजान जाड रक्सि जुवा तास, भ्रष्टाचार अनियमिता, निषेधको अभियान सुरु गर्दा केही समय सम्म आफै खटिएर सुधारउन्मुख देखिएको बेला म भन्दा माथि रहने स्थानिय पार्टी नेतृत्व र जनप्रतिनिधिको गैह्र जिम्मेवारी कृयाकलाप र यस क्षेत्रको मोहका साथै कालिकोट उद्योग बाँणिज्य संघले उच्च अदालतमा दिएको जाहेरिले जाँड रक्सि खान र बेच्न पाउने आदेश पछि सबै कुरा खुल्ला भएको छ आज यसै फलस्वरुप मदिराका कारण चार जनाले ज्यान गुमाएका छन दर्जन बढि सार्वजनिक केशमा जिप्रका सजाए भोगेर गएका छन त कोहि भोक्दैछन भने इप्रकामा दैनिक दर्जनौ केस सामान्य जरिवाना र छलफल गरि टुङ्याउने काम गरिएका छन ।
काममा तिब्रता र अन्य क्षेत्र तिर ध्यान नपुग्दा आलोचनाको पात्र बन्नु परेको छ सोझा जनता र कार्यकर्ता को बहुसंख्याक सयोगमा डाहा गर्नेले दुख दिने नियतले कहिले आर्थिक त कहिले सामाजिक आरोप लगाउदै अबरोधको सामना गर्न बाध्य बनाएका छन । सफत लिएको एक मैना भित्र करोडको आथिक घोटालाको आरोप लगाउदै दुई तिहाई पु¥याएर सत्ता भित्रबाट पत्रकार सम्मेलन, पार्टी कार्यालय घेराउ, प्रशासन कार्यालय घेराउ र मुद्दा दायर गरियो र केही समय पलाँताको बिकास निर्माणमा स्थिरता ल्याईयो माथिल्लो सम्पूर्ण निकायसँग मेरो सत्यताको पक्षमा फैसला सँगै दुईतिहाले जनताको भेलामा हामिले गल्ती गर्यौ भनेर दुईतिहाई पक्षले जनताबाट माफि पछि हाम्रो यात्रामा गति पैदा भएको थियो । बिडम्बना उसैको बदला लिन फेरि उहीँ प्रकृतिको आन्दोलन फेरि सुरु भएको छ र यसले कुनै र कसैको भलाई हुनेछैन बरु जनसेवामा अबरोध आउने मात्र देखिन्छ तर जिम्मेवारीको हिसाबले सामाना गरेर अघि बढ्न म हरदम हरपल गतिमा मन्दता आउन नदिने प्रयत्न गरिरहनेछु । म सँग जोडिएको रगत पसिना र आँसुले कसैका ब्यक्तिगत सपना पूरा नहुने कुरामा हामी दुईमत छैनौ सत्यताको बिजय को पनि अन्योलता छैन । हामीलाई थाहा छ सबै कुरा बोकेर आएको यो ब्यबस्था संस्थागत गर्न सामान्यत छैन तर यो ब्यबस्था ल्याउदा गरेको कुरबानि, बलिदानि, योगदानि जत्तिकै छैन किनकि यो ब्यबस्था ल्याउन १७ हजारले रगत बगाउदा, दिदिबहिनी को सिन्दुर पुछिदा, आमाका कोख रित्तिदा, बालक टुहुरा हुदाको जस्तो चुनौति छैन त्यो पीडा जोडिएकोले अहिले आउने चुनौति पाउहुना हुन सम्मान पछि फर्किन्छन अहिले अथिति सम्मानमा ध्यान केन्द्रीकृत गरेको छु । यसरिनै बितेको अढाई बर्ष अब माथि उल्लेखित सबै बिषयबस्तु संकलन, प्रसोधन र प्रयोजनमा ल्याउनमा नचुक्ने आगामि रणनिति रहेको छ । सबैले सकारात्क सोचका साथ सहयोग र समर्थन मा जुट्ने बेला हो आलोचना र बिरोध गरे समृद्धि सम्भब हुन सक्दैन यो कृयाकलाप देखाउनु अपरिपक्कता नै हुन्छ समय छोटो छ सम्झाउने, बुझाउने, छलफल गर्ने, विश्लेषण गर्ने त्यो अहिले अपेक्षा राखे हाम्रो समृद्धिको यात्रा अपुरो हुने हुन्छ हामिले सबै एकैठाउबाट सुरु गरेर जाने बेला हो जहाँ काम त्यहि दाम जहाँ समस्या त्यहि सामाधान अनि मात्र हुनेछ आमुल परिबर्तन बोकेर आएको यो ब्यबस्थाको संस्थागत र सामाजबाद हुँदै साम्यवाद को यात्रा तय भएर अनि मात्र अपुरा रहेका सबैका सपना पूरा हुनेछन ।