स्वदेश फर्किन लागेका सयौं नेपाली भारतीय जंगलमा अलपत्र

भोकभोक बसिरहेका महिला र बालबालिकाको विजोग

महेन्द्रनगर । भारतमा कोरनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपाली धमाधम घर फर्किन लागेका छन् । कतिपय नेपाली घर फर्किसकेका छन् । केही घर फर्किने बेला बाटामै अलपत्र परेर उनीहरुको विजोग भएको छ । भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका सयौँ नेपालीलाई भारतीय प्रहरीले बनबासा जंगल क्षेत्रमा रोकेपछि उनीहरुको विजोग भएको हो । लामो सकसले स्वदेश फर्किन लाग्दा उनीहरुलाई गयराति १ बजेदेखि भारतीय प्रहरीले आउन नदिएपछि उनीहरु त्यही अलपत्र परेका छन् ।

बनबासा नाका भएर नेपाल आउन लागेका करिब ३ सय नेपालीलाई भारती प्रहरीले बनबासामै रोकिदिएपछि उनीहरु झन संकटमा परेका छन् । भारतमा जनता कफ्र्यु र कलडाउन भएपछि भारतीय प्रहरीले मंगलबार मात्रै स्वदेश फर्किन लागेका नेपालीलाई रोकेको हो । भारतीय प्रहरीले सोमबार साँझसम्म नेपालीलाई रोकेको थिएन् ।  नेपालमा लकडाउन भएको बारे थाहा नभएको बताउँदै उनीहरुले कोरनाका कारण भारतमा रोजगारीका सबै क्षेत्र बन्द भएपछि घर फर्किदा भारतीय प्रहरीले जंगलमा रोकिदिएको एक नेपालीले बताए ।

भारतको दिल्लीबाट फर्किएका नेपाली नारायण भट्टले राती बनबासा नजिक पुग्दा भारतीय प्रहरीले नेपाल फर्किन नदिएको बताए । ‘हामी रातभरदेखि यतै जंगलमा बसेका छौँ, ‘उनले भने, ‘भोकभोकै बस्नु परेको छ, भारतीय प्रहरीले नेपाल सरकारले छाड्न अनुरोध गरे छाडिदिने बताईरहेको छ, हाम्रो यो कहालिलाग्दो पीडा कसले बुझिदिने, जंगलमा पानी समेत पाईएको छैन ।’ बालबालिका, वृद्धवृद्धा, जेष्ठ नागरिक गर्भवती महिला रातभरदेखि भोकभोकै बसिरहेको उनले दुखेसो पोखे । ‘हामी युवाभन्दा बढी यि बालबालिका, महिला र जेष्ठ नागरिक बढि संकटमा परेका छन्, ‘नारायण भट्टले भने, ‘हामी संकटको घडीमा छौँ, यतै मर्नु न बाँच्नु पर्ने अवस्थामा पुगेका छौँ ।’

नेपालमै गएर क्वारेन्टाइनमा बस्नु परेपनि बस्ने बताउँदै उनले भारतबाट जसरी भएपनि नेपाली भूमिमा पुग्ने माहोल बनाईदिन अनुरोध गरेका छन् । जंगल भएकाले पानीसमेत नपाइने अवस्था भएको भन्दै उनले दुखेसो पोखेका छन् । भारतमा अलपत्र परेका नेपालीको जसरी भएपनि उद्दार गरेर नेपालमा क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको माग छ । यता भारतका विभिन्न क्षेत्रबाट उपचार गरेर घर फर्किएका ५६ जना नेपालीलाई गड्डाचौकी नाकामा रोकिएको छ । संघीय सरकारले १० चैत्रेदेखि नै भारत र चीनसंग जोडिएका नाका बन्द गर्ने र आजदेखि देशभर कलडाउन गर्ने निर्णय गरेको थियो ।

तर, धमाधम भारतबाट नेपाली फर्किन लागेको विषयमा सरकारले कसरी उनीहरुको उद्दार र सीमा क्षेत्रमा अडकिएका नेपालीलाई घरसम्म पु¥याउने प्रबन्धबारे नसोच्दा नेपाली अलपत्र परेको कञ्चनपुरका अगुवा मिन बहादुर सिहले बताए । ‘हामीले यता नाका बन्द गरेका छौँ, उता भारतले हिसोजसम्म नेपालीलाई छाडेको थियो, सीमा क्षेत्रमा पुगेका नेपालीलाई हिजैदेखि रोकियो, आजदेखि फेरी नेपाली घर फर्किदा भारतीय प्रहरीले रोक्यो, ‘उनले भने, ‘नाका बन्द गर्दा सरकारले भारत सरकारसग समन्वय नगर्दा सीमा क्षेत्रमा नेपाली अलपत्र परेका छन् ।’ उनले सीमा क्षेत्रमा फसकेका नेपालीको उद्दारमा जोडदिए ।

कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी नुरहरी प्रसाद खतिवडाले भारतमा फसेकाहरुको तत्तकाल केही गर्न नसकिने बताए । ‘कलडाउन हो, कसैले घरबाट हिड्नै भएन, ‘प्रजिअ खतिवडाले भने, ‘यस विषयमा केही गर्न सकिदैन् ।’ एकै ठाँउमा सयौँ हजारौँ मानिस लामो समयसम्म बसिरहदा समेत उनीहरुबाट झन संक्रमण हुने खतरा हुने भएकाले भिडभाँड गर्न नहुने भनेपनि अलपत्र परेका नेपाली यसरी एकै ठाँउमा जम्मा हुँदा झन संक्रमणको चिन्ता बढेको स्वास्थ्यकर्मीको भनाई छ ।