१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको डे«स देखेर कोरोना भाग्दैन– ­कांग्रेस नेता शाही


नेपाली कांग्रेसका युवा नेता दमनबहादुर शाहीले सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोनाको संक्रमणबाट जोगिने सुरक्षा सामाग्री उपलब्ध नगराई परिचालन गर्नु दुखद भएको बताएका छन् । उनले कोरोना संक्रमितहरुको उपचार र सहयोगमा प्रत्यक्ष रुपमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तत्काल सुरक्षा सामाग्री उपलब्ध गराउन माग गरेका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालीकोटका सहसचिव एवं प्रदेशसभा क्षेत्र (ख) का क्षेत्रीय सभापति दमनबहादुर शाहीले ‘लकडाउनको पालना गरौ आफु मात्रै होइन सबैलाई सुरक्षीत बस्न लगाऔ । आफु घरभित्रै बसेर फिल्डमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई एउटा मास्कको भरमा परिचालन गर्दा कोरोना संक्रमण रोकिन्छ । यसलाई गम्भीर रुपमा लिन सरकारसँग माग गरेका छन् । कोरोना विरुद्धको महामारीमा अग्रपंक्तिमा स्वास्थ्यकर्मी नै हुन्छन । कालिकोट जिल्लामा ९ स्थानीय तहमा ८२ वडा छन । प्रत्येक वडामा २ देखी ४ जनासम्म स्वास्थ्यकर्मी सुरक्षा सामग्री बिना परिचालन गरिएका छन् ।’
शाहीले भने, ‘स्वास्थ्यकर्मीहरुलाई चाहिने न्युनतम एक स्वास्थ्य कार्यकर्ता एक पिपिई उपलब्ध गराउन सकेको भए त्यसै आंट गरेर खटिरहेका स्वास्थ्यकर्मी आफु सुरक्षित महशुल गरि आम नागरिकको सेवामा लाग्ने थिए ।’ यो कुरामा ध्यान सरकारले दिने कि नदिने । अर्को पक्ष सुरक्षाकर्मीलाइ लकडाउन कडा पालना गर भन्ने न हातमा पन्जा छन् न त सर्जिकल मास्क छ । कोराना विरुद्ध सडकमा यो अबस्थामा उचित आबश्यक सामाग्री सरकारले दिने कि नदिने । ढिलो नगरौ समस्या आउनु पुर्ब नै सचेत रहौ । सबैको जीवन रक्षाका लागि सरकार जिम्मेबार बन्नुपर्छ । शाहीले भनेका छन् ।
विश्वभरी फैलिएको महामारी रोक्नका लागि सरकारले समयममै ध्यान दिन आवश्यक रहेको छ । नेपालमा अहिले ६ जना संक्रमित भएका छन् । उनीहरुको उपचार पनि भइरहेको छ । अन्य नागरिकमा कोरोनाको संक्रमण हुन नदिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नागरिकलाई सूचना प्रवाह गरिरहेन सञ्चारकर्मीलाई आवश्यक पर्ने सामाग्रीको सरकारले व्यवस्थापन गर्न आवश्यक रहेको नेता शाहीले बताए । उनले कोरोना भाइरसबाट बच्नका लागि आफ्नो आनीबानीमा परिवर्तन गर्न सकिएमा कोरोनाको संक्रमण हुर्दैन ।
उनले जनशक्तिलाई तैनाथ राख्नुपर्ने माग सरकारसंग गरेका छन् । उनले भने, ‘स्वास्थ्यकर्मीलाई तत्काल तालिम दिनुपर्यो, प्रोत्साहन भत्ता उपलव्ध गराउनुपर्यो, स्वास्थ्यकर्मीको विमा गराएमा कोरोनाको क्रासमा पनि स्वास्थ्यकर्मीले गुणस्तरी सेवा दिने छन् ।’ यदि सरकारले आवश्यक सामाग्री स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिन सकेन भने हतियारविनाका सिपाइले युद्ध जित्न नसक्ने समेत बताए ।