७ बैशाख २०८१, शुक्रबार

रास्कोटमा लकडाउन उल्लंघन प्रहरी मुखदर्शक


कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निमार्ण थालिएको रास्कोट प्रहरी चौकी निमार्णमा प्रहरीबाटै लकडाउनको उल्लंघन गरिएको छ । रास्कोट प्रहरी चौकी निमार्णमा खटिएका मजदुरलाई हेरेर प्रहरी नै मुखदर्शक बनेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेपनि कालीकोटमा लकडाउनको प्रभाव ग्रामिण भेगमा अझै परेको छैन । गाउँघरतिर अझै पनि मजदुरले काम गर्नुपरिरहेको छ । खाद्यान्नको अभाव हुन नदिने सरकारले भने पनि कालीकोटका ग्रामिण भेगमा लगडाउनका उल्लंघन गरिएको पाइएको छ । रास्कोट प्रहरी चौकीमा ३० जना भन्दा बढीले नियमित काम गरिरहेका छन् । तर कडा सुरक्षा व्यवस्थासहित लकडाउनलाई सहयोग गर्न खटिएको प्रहरी अहिले रास्कोटमा निमार्ण हुने आफ्नो भवनमा काम गर्ने मजदुरलाई काम गराइरहेको एक स्थानीय बताए । उनले भने, ‘प्रहरीको डरले हो की कुनै पनि सरोकारवाला निकाय मौन छन् ।’ जिल्लामा लकडाउनको उल्लघंन तिव्र रुपले भइरहेको छ । आफ्नै भवन निमार्णमा खटिएका मजदुरलाई हेरेर प्रहरी मुखदर्शक बनेको स्थानीयको आरोप छ । यता प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले आफुलाई कुनै पनि जानकारी नभएको बताए । उनले यति रास्कोट प्रहरी चौकीमा कामदारले काम गरिरहेका छन् भने तत्काल बन्द गर्न लगाउने जानकारी दिए । लगडाउन सवैलाई लागु हुने भएकाले रास्कोटमा कामदारले काम गरिरहेको आफुलाई थाहा नभएको बताए । रास्कोट प्रहरी चौकी निमार्णमा खटिएका मजदुरले न मास्क लगाएका छन् । न पन्जा लगाएका छन् ।